२०७९ आश्विन २० बिहीबार

खुशीको खबर ! काेरिया जान नपाएका नेपाली श्रमिकलाई राहत, थप ६ महिना थपिने निश्चित !

काठमाडौ : इपिएस प्रणाली बाट काेरियन भाषा परीक्षा पास गरी दक्षिण कोरिया जान नपाएका नेपाली कामदारको समय थपिने निश्चित भएको छ ।रोष्‍टरमा नाम रहेका नेपाली

कामदारकाे लागि कम्तिमा पनि ६ महिना समय थपिने भएको हाे ।यसअघि पनि रोष्‍टरमा नाम रहेका नेपाली कामदारको एक वर्ष समय थपिएको थियो । पुन: रोष्‍टरमा करिब ६ हजार नेपाली कामदारको संख्या रहेको इपिएस काेरिया शाखाका

प्रमुख सुरेश राउतले जानकारी दिए । कामदारको समय ६-६ महिना थप गर्न लागिएको उनले प्रस्ट पारे । बिबिध कारणले रोष्‍टरमा रहेका कामदार जान नपाएमा समय थप गर्ने व्यवस्था पनि रहेको उनले जानकारी दिए ।यसको लागि एचआरडि काेरियाले नेपाल पक्षलाई पत्राचार समेत गरिसकेको छ ।

थप समाचार : बासुदेव भट्ट/काठमाडौ एचआरडी कोरियाको मुख्यालयले नेपालमा को’रोनाका कारण ६ महिना रोस्टर मिति थप गरेको आधिकारिक पत्र पठाएको छ ।

कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोष्टममा समावेस भएका तर श्रम करार नआएका व्यक्तिहरुको रोष्टर अवधि थप हुने भएको छ। यसले लामाे समय सम्म प्रतीक्षा गरेका इपिएस पि’डितहरुलाई खुसि बनाएको छ ।

मंगलबार प्राप्त पत्र अनुसार रोस्टर अबधी सन २०२१ को जुलाइ १ तारिख देखि नोभेम्बर ३० तारिख सम्म मिति सकिएकाको हकमा थप ६ महिना थपिएको छ ।त्यस्तै सन २०२१ को अक्टाेबर १ तारिख देखि २०२१ को डिसेम्बर ३१ तारिख सम्म म्याद सकिने कामदारको हकमा पनि ६

महिना रोस्टर अबधी थप हुनेछ । यसको अर्थ – २०२१ को जुलाइ सुरुमा रोस्टर म्याद सकिएकाको हकमा २०२२ को जनवरी सुरु सम्म म्याद थप हुनेछ ।२०२१ को डिसेम्बर अन्तिममा म्याद सकिनेवाला कामदारको २०२२ को जुन अन्तिम सम्म म्याद थप हुनेछ ।-हाम्रा खबर

२०७८ कार्तिक ४, बिहीबार १८:०० गते 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।