२०७९ आश्विन १० सोमबार

दक्षिण कोरियाले पहिलो पटक अन्तरिक्षमा पठायो स्वदेशमा निर्मित रकेट !

काठमाडौ : दक्षिण कोरियाले पहिलो पटक स्वदेशमा निर्मित रकेटको सफलतापूर्वक परीक्षण गरेको छ ।दक्षिण कोरियाले बिहीबार सफलतापूर्वक स्वदेशमा निर्मित रकेट परीक्षण गरेको हो ।

उक्त परीक्षणसँगै दक्षिण कोरिया अन्तरिक्षको अन्वे’षण तथा खोज गर्न सक्ने मुलुकको सूचीमा पर्न सफल भएको छ ।
टेलिभिजनमार्फत सार्वजनिक भएका तस्बिरमा कोरियन सेटलाइट लन्च भेहिकल-२ नामक रकेट गोहेउङस्थित प्रक्षेपण

केन्द्रबाट आ’गोको ज्वा’ला निकाल्दै माथि उडेको देखिएको थियो । अनौपचारिक रुपमा ‘नुरी’ अर्थात् ‘विश्व’ पनि भनिने उक्त रकेट स्थानीय समय अनुसार दिउँसो चार बजे प्रक्षे’पण गरिएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले बताए ।

डमी सेटलाइटसहितको ‘नुरी’लाई राजधानी सिओलबाट पाँच सय किलोमिटर दक्षिणस्थित नारो स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । स्वदेशमा निर्मित रके’टको तौल दुई सय टन र लम्बाइ ४७. २ मिटर रहेको अन्तर्राष्ट्रिय सञ्‍चामाध्यमले जनाएका छन् ।

कुल ६ इ’न्जिन रहेको सो रकेटले पृथ्वीबाट आठ सय किलोमिटर माथिसम्म उडेर साढे एक टन बराबरको पेलोड अन्तरिक्षको कक्षमा पु¥र्‍याउन सक्छ । १० वर्षको अव’धिमा एक अर्ब ६० करोड अमेरिकी डलर लागतसहित उक्त रकेट निर्माण गरिएको हो ।-हाम्रा खबर बाट

२०७८ कार्तिक ४, बिहीबार १८:०८ गते 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।