२०७८ माघ ११ मंगलवार

जाइन्ट टेक कम्पनी फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै !

एजेन्सी : सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो।

फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ।
गत मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न

युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो। उक्त समयमा फेसबुकलाई आरबौको घाटा सहनु परेको थियो।

थप समाचार – फुङ्लिङ : विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरु’द्ध भएको हो ।

दूरसञ्चार सेवा अवरु’द्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी सेवा अवरु’द्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिराको क्षति सङ्कलन तथा उ’द्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ ।

अविरल वर्षाका कारण इलाम जिल्लाको फिकल, इटहरी र विराटनगरका टावर तथा अप्टिकल फाइबरमा समस्या आएकाले ताप्लेजुङमा दूरसञ्चार कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुन पुगेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए ।

तत्काल सेवा सञ्चालन गर्नका लागि प्राविधिक टोलीले काम गरिरहेको र कहिलेसम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने उनको भनाइ छ । नेपाल टेलिकमको सेवासँगै अन्य मोबाइल सेवा प्रदायक एनसीएल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाइन र वर्डलिङ्कलगायतको पनि सेवा अव’रुद्ध भएको छ ।

इन्टरनेट सेवामा अव’रुद्ध भएसँगै विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबारदेखि नै इन्टरनेट अब’रुद्ध भएपछि वित्तीय तथा बैंकिङ कारोबारमा समेत समस्या आएपछि सो’वाग्राही मर्कामा परेका छन् ।

मोबाइल सेवा अव’रुद्ध हुँदा सबैभन्दा धेरै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । ताप्लेजुङमा पुगेर समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटकले बासका लागि होटल

नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्ना आफन्तसँग सम्र्पकविही’न हुनुपर्नेजस्ता समस्या भएको थियो । मोबाइल सेवा र इन्टरनेट सेवा अज’रुद्ध भएसँगै स्थानीय सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणमा समस्या उत्पन्न भएको छ भने सञ्चारकर्मीलाई पनि समाचार सङ्कलन र सम्प्रेषणमा कठिनाइ भएको छ । निरन्तर वर्षाका कारण राष्ट्रिय प्रसारण लाइनमा पनि दुई दिन अवरुद्ध भएको थियो । तर आज बिहानदेखि प्रसारण लाइनमा बत्ती बाल्न थालेको छ ।-रासस

२०७८ कार्तिक ४, बिहीबार १९:२९ गते 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार