२०७९ आश्विन १२ बुधबार

कतारमा हुनुहुन्छ ? यसरी माेबाइलबाटै निकाल्नुहाेस् राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र ।(भिडियो सहित)

कतारमा हुनुहुन्छ : यसरी माेबाइलबाटै निकाल्नुहाेस् राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र !

दोहा : कतार सरकारले राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने नियम बनाएको छ । सरकारले गत वर्षको जुलाई २६ सम्म कतारमा बसोबास गर्ने सम्पुर्ण

कतारी नागरिक ,विदेशी तथा वैधानिक व्यक्तिहरुको लागि ‘नेशनल एड्रेश ल’ अर्थात राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नियम ल्याएको थियो । सोही अनुरुप अहिले उक्त दर्ता गरेको ठेगानाको प्रमाणपत्र निकाल्नुपर्ने नियम आएको हो ।

यसै सन्दर्भमा दूतावासले आज एक सूचना प्रकाशित गर्दै ठेगानाको प्रमाणपत्र निकाल्न आग्रह गरेको छ । प्रमाणपत्र मेट्राश २ एप बाट निकाल्न सकिनेछ ।

यसरी निकाल्नुहोस प्रमाणपत्र
१. मेट्राश २ एपमा गएर National Address मा थिच्नुहोस ।

२. Add National Address मा थिच्नुहोस ।

३. National Address Certificate मा थिच्नुहोस ।

४. सोधिएको विवरण भर्नुहोस । (जस्तैः हालको ठेगाना,देश बाहिरको ठेगाना,काम गर्ने ठेगाना आदि )

५. अङ्ग्रेजी वा अरबी भाषा छनौट गर्नुहोस ।

६. प्रमाणपत्र पठाउनुपर्ने ईमेल ठेगाना दिनुहोस ।

७. १० रियाल शुल्क तिरेर Confirm मा थिच्नुहोस ।

भिडियो !

२०७८ कार्तिक ४, बिहीबार २०:१२ गते 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।