२०७९ आश्विन ११ मंगलवार

संकटका सारथी सशस्त्र प्रहरी, यसरी पुछ्दैछन् किसानका आँशु !

काठमाडौं : जब देशमा संकट र जनतालाई समस्यापर्छ त्यतिबेला सबैभन्दा पहिला पुकारिने नाम नै सेना प्रहरी हो । भुकम्प ,आगला’गी बाढि पहिरो वा जुन सुकै बेला जबजब समस्या आउछ तबतब जनताले सेना प्रहरी भन्छन् ।

सिमारक्षा देखि नागरिकलाई समस्या पर्दा अहोरात्र खटिने सशस्त्र प्रहरी बलले लगातार रुपमा परेको बर्षाले किसानको धानबालीमा क्ष’ति पु¥र्याएपछि अहिले किसानको धान झिकेर ट्याक्टरमा हाल्दै गरेको तस्विरले धेरैको मन छोएको छ । ठ्याक्कै स्थान पहिचान नभएपनि तराईमा जस्तो देखिने सो क्षेत्रमा बोटको

प्रयोग गरेर सशस्त्रले किसानको धान निकालेका छन् । सशस्त्र प्रहरीले धान निकाल्दै गरेको तस्विर सार्वजनिक गर्दै हास्यकलाकार विल्सन विक्रम राईले लेखेका छन् कुनै कुनै तस्बिर बोल्छन कुनै तस्बिरले नबोली भावुक बनाउछन धेरै धेरै धन्यवाद सशस्त्र प्रहरी भनेका छन् ।

तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्ष’ति पु¥र्‍याएको छ । प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ ।

‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो असर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने । प्रारम्भीक सूचनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका किसानको पाकेको धान बाढीको चपेटामा परेका छन् ।

किसानहरूले काटेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डु’बेको प्रवक्ता सञ्जेल बताए । प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा पनि भित्र्या’उन लागेको धान पानीले बिगारेको छ । पानीले बोटमा भिजेको धानभन्दा किसानले काटेर खेतमा सुकाएको, हावा र पानीका कारण ढ’लेर भिजेको धान बिउका लागि प्रयोग गर्नै नसक्ने बिगि्रएको छ ।

प्रदेश दुईमा मंगलबार दिउँसोबाट निरन्तर वर्षा सुरु भएकाले किसानहरु चि’न्तित छन् । अन्य प्रदेशमा पनि आंशिक असर देखिएको छ । सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन

क्षेत्रफलको ७.२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ । नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डु’बानमा परेको छ ।

२०७८ कार्तिक ४, बिहीबार २१:१५ गते 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।