२०७९ आश्विन २० बिहीबार

कुवेतले अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण रुपमा खोल्ने र नेपाल संगै सबै देशहरुलाई भिसा दिने !

कुवेत सिटि : कुवेतको अन्तर्राष्ट्रिय आगामी २४ आक्टोबर आइतवार देखी पूर्णरूपमा संचालनमा ल्याइने भएको छ।
नागरिक उड्डयन महानिर्देशालयले घोषणा गरे संगै उनीहरुलाई

तेस्रो चरण लागू गर्न र कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण क्षमतामा खोल्न मन्त्रीपरिषद बाट निर्देशन प्राप्त भएको र आगामी आइतबारदेखी कुवेत बिमानस्थल पूर्ण पूर्णरूपमा संचालनमा आउने र कुवेत आउने इच्छुक आप्रवासीहरुको

लागी सबै देशहरुलाई भिसा दिने बताएका छन। कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउने डीजीसीएले जनाएको छ। नागरिक उड्डयन महानिर्देशकले ट्वीटरमा भनेका छन मन्त्रिपरिषद्ले बिमानस्थल संचालन गर्ने परियोजनाको तेस्रो चरण कार्यान्वयन गर्न काउन्सिललाई निर्देशन दिएको छ ।

र वर्तमानमा, अवस्थमा विमानस्थल प्रति दिन मात्र १०,००० यात्रुहरुको उड़ान भरीरहेको छ। उक्त १० हजार यात्रु मध्य नेपाल, भारत सहित विभिन्न देशहरु बाट रहेका छन।

यात्रुहरुमा जारी प्रतिबन्धको कारण टिकटको मूल्यमा वृद्धि, आएको बताउदै आगामी दिनहरुमा बिमानस्थल पूर्ण क्षमतामा पुगिसकेपछि एयरलाइन्सको टिकट मूल्यमा भारी गिरावट आउने अपेक्षा गरिएको (डीजीसीए) लाई उद्धत गर्दै अरबटाइम्सले लेखेको छ।

२०७८ कार्तिक ४, बिहीबार २१:२८ गते 0 Minutes 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।