२०७९ आश्विन १२ बुधबार

माओवादीको बलियो खम्बा ढल्यो, प्रचण्डकै दाहिने हात एमालेमा प्रवेश !

काठमाडौ : नेकपा माओवादी केन्द्रको बलियो खम्बा ढलेको छ। पूर्वजनमुक्ति सेनाका प्लाटुन क’मान्डर चित्रबहादुर राना नेकपा एमालेमा प्रबेश गरेपछि माओवादीको बलियो खम्बा ढलेको हो ।

नेपाल कराँते महासंघका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेको माओवादी नेता रानाले नेकपा एमालेमा प्रवेश गरेका हुन्ने कपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद गुलावजंग शाहले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे यु’द्धमा जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रूपमा रहेका उनी एकीकृत नेकपा माओवादी बागचौर नगर कमिटीका सदस्य थिए । आफू पूर्वजनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगर कमिटीमा रहेर नेकपा माओवादीमा लामो समय सेवा गरेको सम्झँदै

उनले आफू खेल जगतको व्यक्ति भएको र आफ्नो सम्पूर्ण गुरु तथा खेल क्षेत्रका साथीहरू एमालेमा रहेकाले आफू पनि सँगै रहन पार्टी प्रवेश गरेको बताए।

राना बागचौर–१० पिपलनेटा निवासी हुन् । उनले भने, ‘मं जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा सबै माओवादी साथीहरूसँग मित्रवत व्यवहार गरेको छु । कुनै साथीप्रति मेरो रिसइबी र आग्रह–पूर्वाग्रह भएर माओवादी पार्टी छाडेको होइन ।

यसैगरि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ’त्मह’त्या गर्न मन लागेको बताएका छन्। ५ पुसको घ’टनालाई सम्झिदै उनले आफूलाई आ’त्मह’त्या गरौँ जस्तो भएको बताए । संसद विघटनसँगै आफूसामु लड्ने कि आ’त्मह’त्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् ।

यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ ।अनेरास्ववियु क्रा’न्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरं’कुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।

भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर धर्ती मातामा यति नै रहेछ गर्न भनेर आ’त्मह’त्या गरेको प्रसंग उनले सुनाए ।आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आ’त्म’समर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋ’ण मेरो टाउकोमा छ ।

मैले या त सकिन, यत्ति नै रहेछ भने सु’सा’इड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें । यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने।

जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’ माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ?

कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उनले बताए । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’२०५२ फागुनमा जनयु’द्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए ।

त्यसबेला दुई जना वैकल्पिकसहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले भने।हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होलटाइमर ६०-६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।

तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ ।

यसैगरि , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै किचेन क्याविनेटका मान्छेलाई पनि नचिनेको खुलासा भएको छ। उनले आन्दो’लनको सबैभन्दा अग्र मोर्चामा रहेको विद्यार्थी संगठनका नेताहरुलाई नचिनेको बताएपछि यस्तो रहस्य खुलेको हो।

प्रचण्डले विद्यार्थी नेताहरुलाई भने, ‘नजिकबाट मैले हेर्ने, चिन्ने, बुझ्ने मौका पाएको रहेनछु।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफूले पछिल्लो समय विद्यार्थी नेताहरुलाई राम्रोसँग चिन्न नपाएको बताएका हुन् ।

माओवादी केन्द्र नि’कट अखित क्रान्तिकारीको भेलामा प्रचण्डले यस्तो बताएका हुन्। उनले अरु पार्टीमा युवा नेताहरु तयार भएको पनि बताएका छन्।तर, आफ्नो पार्टीमा पूर्णरुपमा नेताहरु पाइनसकिएको उनले बताए।

तर, प्रचण्डले आफूले राजनीतिक रुपमा नेताहरु तयार हुँदै गएकोले आफू खुसी भएको पनि बताएका छन्। उनले सर्वदलीय बैठक सकिएपछि आफू एक कार्यक्रममा गएको र सहिद परिवारका कुरा सुनेको पनि बताएका छन्।

२०७८ कार्तिक ५, शुक्रबार ०९:३२ गते 1 Minute 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।