२०७९ आश्विन ११ मंगलवार

प्रधानमन्त्री देउवाको फेरिएन शैली, बाढी पीडितलाई हप्काउँदै भने- ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’ !

कञ्चनपुर : बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए ।करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा पनि एक पी’डितलाई हप्काए ।

प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पी’डित युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’ भनेका थिए । प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ‘ए भाइ,

तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ प्रधानमन्त्रीले माइकबाटै ह’प्काएपछि ती युवा चुपचाप बसे । सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बाढीपहिरोले देशभर पी’डा दिएको छ ।

धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पी’डितको पीडा सम्बोधन गर्छ ।

२०७८ कार्तिक ५, शुक्रबार १३:४७ गते 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।