२०७९ आश्विन २० बिहीबार

कुवेतमा २० म्यानपावर कम्पनी सहित ६० पक्राउ, यस्तो छ कम्पनीको रहस्यमय गतिविधि !

कुबेत : कुवेतको विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अ’वैध आप्रवासीहरु पक्राउ परेका छन। प’क्राउ पर्नेहरु एसियन मुलुकका रहेता

पनी कुन कुन देशका हुन भन्ने खुलाइएको छैन। कुवेत आन्तरिक मन्त्रालयको जनसम्पर्क र सुरक्षा मिडिया विभागले अनुसार, आवास कानूनको उल्लंघन गर्नेहरुलाई गि’रफ्तार गर्न, र घरेलु कामदार भर्ना गर्ने कार्यालयहरुलाई पक्रा’उ गर्नको

लागी मामिला क्षेत्रले चलाएको अभियानको निरन्तरतामा विभागले एकैपटक २० कार्यालयहरुमा छापा मारेको छ।
हावाली गभ’र्नरोरेट मामिलाका सहायक, उपसचिव मेजर जनरल अन्वर अल-बर्जस को निर्देश उक्त अभियान थालीएको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै, अल-अनबा दैनिकले लेखेको छ।

उक्त अवैध कार्यलयले घरेलू कामदार भगाउने र अन्य भागेर बसेका र कानुन उल्लंघनकर्ताहरुलाई आश्रय दिइरहेको थाहा पाएपछी कुवेत प्रहरीले उक्त कार्यालयहरुमा छापा मा’रेको थियो।

रिपोर्टका अनुसार ती एजेण्टले भागेका घरेलु कामदारहरुलाई आश्रय दिइरहेका थिए र उनीहरुलाई अस्थायी काम प्रणाली अन्तर्गत रोजगार दिइरहेका थिए।

एजेण्टद्वारा उक्त कामदारहरुलाई घण्टा वा दैनिक ज्यालाको आधारमा कामको लागि प्रस्ताव गरेको र अन्य विविध लोभ लालच देखाएर फसाउने गरेको अनु’सन्धानमा खुलेको छ।

अभियानमा धेरै घरेलु कामदारहरु गिर’फ्तार परेका छन। घरबाटबाट भागेका घरेलु कामदार नक्क’ली कार्यालयहरु अन्तर्गत काम गरिरहेका थिए। रिपोर्टका अनुसार गिर’फ्तारीको बेला एक महिला घरेलु कामदार गर्भ’वती अवस्थामा रहेकी छिन ।

२०७८ कार्तिक ५, शुक्रबार १७:३८ गते 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।