
एजेन्सी : अमेरिकालाई उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी एवम् नेतृ किम यो जोङले आफ्नो देशमा बा’रुदको ग’न्ध नफै’ल्याउन चे’तावनी दिएकी छन् ।
किम यो जोङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको एक साता नबित्दै अमेरिकालाई बा’रुदी क्रियाकलाप नगर्न भन्दै चेतावनी दिएकी हुन् ।
उनले मंगलबार त्यहाँको सरकारी पत्रिकामा भनेकी छन्, ‘चार वर्ष राम्ररी सुत्ने भए हाम्रो देशको भूमिमा बा’रूदको ग’न्ध फै’लाउन बन्द गर्नु।’
उनले दक्षिण कोरिया दक्षित अभिव्यक्तिहरु पनि दिएकी छन् । उनले पत्रिकामा भनेकी छन्, ‘हामीले एक आँखाले दक्षिण कोरियाको रवैया र व्यवहार पनि देखिरहेका छौँ, यदी उनीहरुले उत्तेजना फैलाए, हामी असाधारण तरिका अपनाउने छौं ।’
अमेरिका र दक्षिण कोरियाले गत साता संयुक्त सैन्य अभ्यास गरेका थिए । हाल अमेरिकी बिदेशमन्त्री मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्र’मण निस्कीएका छन् ।
उनीहरु सोमबार जापान पुगेका छन् । त्यसपछि बुधबार उनीहरु दक्षिण कोरिया पुग्ने तालिका छ । यो भ्रमण उनीहरुको मुख्य एजेण्डा उत्तर कोरियाको राजनीति नै हुनेछ । दक्षिण कोरियामा उनीहरुले ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ता गर्ने जनाइएको छ ।
उत्तर कोरियाका शासक किम जोङ उन र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने बारे सहमति गरेका थिए । तर अहिले उत्तर कोरिया त्यो सहमतिबाट पछि हट्ने मनस्थितीमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।