२०७९ आश्विन १० सोमबार

शोभित बस्नेत भन्नुहुन्छ : चलचित्र चल्दैन भन्ने पहिल्यै थाहा थियो, ‘महानायक’ वि’वादले असर गरेको होइन ।

काठमाडौ : नेपाली चलचित्रको व्यापारका लागि दशैं पर्व विशेष मानिन्छ । दशैंमा रिलिज भएका चलचित्रले व्यापारिक रुपमा सुखद कमाई गरेको देखिन्छ ।

यो बर्षको दशैंमा पनि निर्देशक शोभित बस्नेतले चलचित्र ‘डाँडाको वर पीपल’ रिलिज गरे । तर, दर्शकले चलचित्रमा रुची देखाएनन् । चलचित्र रिलिज अगाडि शोभित र उनको टिमले ‘महानायक’ वि’वाद च’र्काएको थियो ।

चलचित्रको व्यापारमा यही वि’वादले ठूलो असर गरेको तर्क समेत धेरैले गर्ने गरेका छन् । तर, निर्देशक बस्नेत भने यो कुरा स्वि’कार गर्दैनन् । उनी भन्छन्–‘यो कुरा ग’लत हो । यो समयमा जुनसुकै चलचित्र चलाएको भए पनि चल्दैनथ्यो ।

हामीले त पहिलेदेखि नै यो चलचित्र हलमा चल्दैन भनेर भनिराखेका नै थियौं । यो चलचित्र निर्माताले ओटीटी प्लेटफर्मका लागि बनाएका हुन् । हल खुलेकाले दर्शकलाई सकारात्मक सन्देश दिनका लागि रिलिज गरिएको हो ।’

शोभितले अझै ९ महिना जुनसुकै चलचित्र चलाएपनि नचल्ने दाबी गरे । उनले भने–‘हलिउडको सर्वाधिक चर्चित चलचित्र चल्दा पनि दर्शक आएनन् । तिहारमा अक्षय कुमारको सुर्यवंशीले पनि अपेक्षित दर्शक पाउँदैन । करिब ९ महिना सबै चलचित्रको अपेक्षा सु’खद हुँदैन ।’

शोभितले चलचित्र चल्दैन भन्ने थाहा पाएपनि आफ्नो हल संचालक र वितरकसँग राम्रो सम्बन्ध रहेकाले यो क्षेत्रको माहोल बनाउन आफूले चलचित्र रिलिज गरेको बताए । उनले भने–‘निर्मा’ताले ओ’टीटी प्लेट’फर्मबाट कमाउँछन् । हामीले दशैंमा चलचित्र रिलिज गर्छौ भन्दा हल खुलेको पनि थिएन ।’

शोभितले बुढासुब्बा ओर्जि’नलकै लगानीमा तिहारसपछि नयाँ चलचित्रको छायांकन सुरु गर्ने बताए । यो चलचित्रमा पनि नायक सलोन बस्नेत र नायिका रुविना थापाको मुख्य भूमिका रहने उनको भनाई छ । यो चलचित्र भने पूर्ण रुपमा हल केन्द्रित हुने उनको भनाई छ ।

२०७८ कार्तिक ६, शनिबार २०:२० गते 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।