२०७९ आश्विन १२ बुधबार

सं’कटको घेरामा किन प्रधानन्यायाधीश।

काठमाडौं : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीश हरूबीचको वि’वाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै वि’वादित बन्दै जान थालेको छ । सर्वोच्चमा
गुट’बन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्को

न्यायाधीशलाई असहयोग गर्ने परिपाटी बढ्दै जाँदा सिंगो न्याय क्षेत्र बदनाम हुन पुगेको भन्दै सर्वोच्चका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।‘सर्वोच्चमा न्यायधीशहरूबीचमा नै एकले अर्कालाई स’माप्त पार्ने खेल बढ्न थालेको छ, यसले न्या’य क्षेत्रमा गम्भीर सं’कट आउन सक्ने भय बढेको छ,

’ सर्वोच्चका एक अधिकारीले भने ।उता सर्वोच्चको मुख्य कमान्डरका रूपका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशशेर जबरा शृंखलाबद्ध रूपमा विवादमा तानिँदै आएपछि न्यायालयप्रतिको विश्वासमा नै कमी आउन थालेको ती अधिकारीहरूको भनाइ छ । उनले न्यायालय प्रमुखको हैसियतमा न्यायालयलाई सन्तुलन

हिसाबमा चलाउनुपर्नेमा निरन्तर कार्यपालिका र संवैधानिक आयोगमा भागबन्डा माग्न थालेपछि विवादमा तानिएका हुन् ।यसो त यसअघि प्रतिनिधिसभाको दोस्रोपटक विघटनको मुद्दामा परमादेशको आदेश दिने अन्य वरिष्ठ न्यायाधीशहरूले पनि सरकारका विभिन्न निकायमा आफू निकटका व्यक्तिलाई नियुक्ति

दिलाउन गोप्य रूपमा लबिङ गरिरहेको सरकार नि’कट स्रोतले जनाएको छ । प्रधानन्यायधीश माथि मात्रै होइन, न्यायालयमा गुटबन्दी गर्ने र विभिन्न साँठगाँठ गर्ने अन्य केही वरिष्ठ न्यायधीशहरू माथिसमेत छानबिन र कारबाही गर्नुपर्ने माग उठेको छ ।

उता न्यायलयमा परेका ग’म्भीर संवैधानिक ब’हसका मुद्दा अलपत्र पारेको र न्यायालयमा सन्तुलनमा कायम गर्न नसकेको भन्दै सर्वोच्चभित्र र बाहिरबाट प्रधानन्यायाधीश राणाको आलोचना हुनेक्रम पनि बढेको छ । न्यायालयको नेतृत्व गर्ने व्यक्ति मन्त्रिपरिषद्मा भा’गबन्डा र संवैधानिक निकायको भागबन्डाले

प्रधानन्यायाधीश रा’णा वि’वादित बन्न पुगेका हुन् ।पछिल्लो समय प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाल मन्त्री नियुक्ति भएपछि च’र्को आलोचना भयो । प्रधानन्यायाधीश राणा संकटमा पर्ने देखिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त हमालले ४० घण्टा बित्न नपाउँदै राजीनामा दिनुप-यो ।

२०७८ कार्तिक ७, आईतवार ०७:०४ गते 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।