२०७९ आश्विन २० बिहीबार

जापानको न्यु ईन्ट्रि’ खुलाउन विद्यार्थी र अनुसन्धानकर्ताहरुको आग्रह !

टोकियो : जापान बिदेशी विद्यार्थीहरुका लागि पुन भिसा जारी सुरु गर्न विद्धानहरुले जापानलाई आग्रह गरेका छन् । अमेरिका, जापान, बेलायत र अन्य देशका विश्व-विद्यालयहरूका ६५० भन्दा बढी शिक्षाविद् र विद्यार्थीहरूले

बिहीबार जापान सरकारलाई विद्यार्थी र अनुसन्धानकर्ताहरुलाई भिसा जारी गर्न पुनः सुरु गर्न आह्वान गरेका हुन् । जापानले नयाँ भिसा जारी प्रक्रिया कोरोना भाइरस महामारी पश्चात करिव दुई बर्षदेखी नि’लम्बन गरेको छ । जापान आईसीयू फाउन्डेशनका कार्यकारी निर्देशक पल हेस्टि’ङ्सको नेतृत्वमा

शिक्षाविद्, व्यवसायी र विद्यार्थीहरूको समूहले न्युयोर्कमा जापानी महावाणिज्य दूत कान्जी यामानुचीलाई एउटा निवेदन बुझाएका छन् । जसमा चेतावनी पूर्वक नयाँ भिसा प्रतिबन्धले जापानका शैक्षिक संस्थाहरूसँगको विश्वव्यापी सम्बन्ध र प्रतिष्ठालाई खलल पारेको उल्लेख गरिएको छ ।

जापानले आफ्ना विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई विदेश पठाउन थाले पनि आफुले भने विद्यार्थी र अनुसन्धानकर्ताहरू प्रवेशमा रोक लगाउँदै आएको छ । पारस्परिकताको अभावले अन्य देशका जापानी विश्वविद्यालयहरू र विद्यालयहरूबीचको साझेदारीलाई नोक्सान पु¥र्‍याउने अपिलमा उल्लेख गरिएको छ ।

अपीलमा हस्ताक्षर गर्नेहरूमा अमेरिकाको हार्वर्ड विश्वविद्यालय, प्रिन्सटन विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालय, इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी, जापानको केइओ विश्वविद्यालय र क्योतो विश्वविद्यालय र बेलायतको कार्डिफ विश्वविद्यालय जस्ता प्रसिद्ध शैक्षिक संस्थाका प्राध्यापक र विद्यार्थीहरू रहेका छन ।

हेस्टिङ्सले बिहीबार एक अनलाइन प्रेस सम्मेलनमा जापान सात औद्योगिक राष्ट्रहरूको समूहको एक मात्र देश रहेको जसले हाल विदेशी विद्यार्थीहरूको लागि भिसा जारी नगरेको, विनिमय कार्यक्रमहरू खतरामा पारेको बताएको छ । जनवरीमा, जापानले को’रोना भाइ’रसको फैलावट रोक्नको लागि लागू गरेको कडा सीमा नि’यन्त्रण नीति अन्तर्गत सरकारी छात्रवृत्तिहरू बाहेक

विदेशी विद्यार्थीहरूलाई भिसा दिन बन्द यथावत राखेको छ ।जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार २०२१ को पहिलो छ महिनामा केवल ७,००० नयाँ विदेशी विद्यार्थीहरू जापानमा प्रवेश गरेका थिए, जुन महामारीको प्रकोप अघिको २०१९ को सोही अवधिको तुलनामा ८८.५ प्रतिशतले कम हो ।

हेस्टिङ्सले बिहीबार एक अनलाइन प्रेस सम्मेलनमा जापान सात औद्योगिक राष्ट्रहरूको समूहको एक मात्र देश रहेको जसले हाल विदेशी विद्यार्थीहरूको लागि भिसा जारी नगरेको, विनिमय कार्यक्रमहरू ख’तरामा पारेको बताएको छ । जनवरीमा, जापानले को’रोना भाइ’रसको फैलावट रोक्नको लागि लागू गरेको कडा सीमा नियन्त्रण नीति अन्तर्गत सरकारी छात्रवृत्तिहरू

बाहेक विदेशी विद्यार्थीहरूलाई भिसा दिन बन्द यथावत राखेको छ ।जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार २०२१ को पहिलो छ महिनामा केवल ७,००० नयाँ विदेशी विद्यार्थीहरू जापानमा प्रवेश गरेका थिए, जुन महामा’रीको प्रको’प अघिको २०१९ को सोही अवधिको तुलनामा ८८.५ प्रतिशतले कम हो ।

आपतकालिन अवस्था हटाएर व्यवसायिक क्षेत्र माथिको प्रतिबन्धपनि हटाईरहेको जापानले आसन्न आम निर्वाचन अघि नव प्रवेशीको लागि नयाँ निर्णय गर्ने सम्भावना कम रहेको देखिन्छ ।जापानमा संसदको तल्लो सदनको निर्वाचन अक्टोबर ३१ तारिख हुँदैछ ।

धेरैले आम निर्वाचन पश्चात विश्वव्यापी कोभिड संक्रमणको अवस्थालाई हेरेर जापानले नोभेम्वर मध्यसम्ममा विद्यार्थी लगायत अन्य भिषामा नव प्रवेशिहरुलाई खुलाउन चरणब’द्ध घोषणा गर्ने विश्वास गरेका छन् । news35 today बाट साभार

२०७८ कार्तिक ७, आईतवार ०८:५० गते 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।