२०७९ आश्विन १० सोमबार

दक्षिण कोरियामा ७० प्रतिशत भन्दा बढीले लगाए को’रोनाको पूर्ण खोप !

सोउल : दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले को’रोनाभाइ’रस विरु’द्धको पूर्ण खोप लगाएका छन्। दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले

शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ। सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन्।

सरकारले महामा’री फेरि फैलिन नदिनका लागि सत’र्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ।
कतिपय अवस्थामा “को’रोनासँगै जीउन सिकौँ” भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ।

त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन्। सरकारले अति’रिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ।

दक्षिण कोरियामा गत फेब्रअरीदेखि को’रोनाभा’इरस वि’रुद्धको खोप अभियान सुरु भएको हो। सरकारी अधिकारीहरुका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरो’नाभाइ’रसबाट सङ्क्र’मित भएका छन्।

महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्र’मित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृ’त्यु भएको छ।-हाम्रा खबर

२०७८ कार्तिक ७, आईतवार ०९:०२ गते 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।