२०७८ माघ ११ मंगलवार

बधाई ! वल्र्ड च्याम्पियनशीपमा सुष्मा तामाङ भइन छनोट ।

काठमाडौं : नक्शालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशीपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् ।

उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् ।

उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराइन । उनले बुधवार हुने फाइनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिइन् ।

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।

आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशीप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ ।

२०७७ चैत्र ३, मंगलवार २१:५७ गते 0 Minutes 679 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार