२०७९ आश्विन २० बिहीबार

कतारमा अचानक मृ’त्यु हुने धेरै, नेपालीले पाएनन् क्षति-पूर्ति !

दोहा : एम्नेस्टीले छजना आप्रवासी श्रमिकहरू – चारजना निर्माण कार्यमा संलग्न श्रमिकहरू, एकजना सुरक्षाकर्मी र एकजना ट्रक चालक – को मृ’त्युलाई विस्तृतमा अनुस’न्धान गरेको थियो।

ती पुरुषहरूमध्ये कसैलाई पनि कुनै आधारभुत स्वास्थ्यसँग सम्बन्धित समस्या थिएन र कतार जानुअघि सबैजनाले अनिवार्य चिकित्सा परीक्षण गरेका थिए। कुनै पनि परिवारले क्ष’तिपूर्ति पाएका छैनन्।

४० वर्षीय मन्जुर खाँ पठानले ट्रक चालकको रूपमा दैनिक १२ देखि १३ घण्टा काम गर्थे। आफ्नो क्याबिनमा एयर कन्डिसनिङ खराब भएको कुरा उनले गुनासो गरेका थिए। सन् २०२१ फेब्रुअरी ९ का दिन आफ्नो बस्ने ठाउँमा ढले र एम्बुलेन्स आउनुअघि नै उनको मृ’त्यु भयो।

३२ वर्षीय सुजन मियाँ मरुभूमिको एउटा परियोजनामा पाइप फिटरको काम गर्थे। उनका सहकर्मीहरूले उनलाई सन् २०२० सेप्टेम्बर ९ को बिहान ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए। सुजन मियाँको मृ’त्युको चार दिनअघि तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो।

३४ बर्षीय तुलबहादुर घर्ती निर्माण कार्यमा संलग्न थिए। ३९ डिग्री सेल्सियससम्मको तापक्रममा दश घण्टा काम गरेपछि सन् २०२० मेई २८ का दिन सुतेको बेलामा उनको मृ’त्यु भएको थियो। ३४ बर्षीय सुमन मियाँ निर्माणकार्यमा संलग्न थिए । ३८ डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय काम गरेपछि सन् २०२० फेब्रुअरी २२ का दिन उनको निधन भएको थियो।

३४ बर्षीय यमबहादुर राना विमानस्थल सुरक्षा गार्डका रूपमा काम गर्थे। यो काममा घाममा बाहिर लामो समय बसेर काम गर्नुपर्थ्यो। सन् २०२० फेब्रुअरी २२ का दिन कामको क्रममा उनको निधन भएको थियो।

एम्नेस्टी इन्टरनेसनलले नेपाल र बंगलादेशका पुरुष श्रमिकका परिवारहरूसँग अन्तर्वार्ता लिएको थियो।उनीहरूका नातेदार स्वस्थ भएको आफू विश्वस्त रहेको कुरामा जोड दिंदै परिवारका सदस्यहरू उनको मृ’त्युको खबरबाट स्तब्ध थिए। आफ्ना नातेदारहरूले नियमित तवरमा काम गर्ने ठाउँमा अत्यन्तै गर्मी र कठिन अवस्थाबारे धेरैले बताए।

कतारमा श्रमिकको जीवन र स्वास्थ्यका लागि सबैभन्दा धेरै दस्तावेजीकरण गरिएको र पूर्वानुमान गर्न सकिने जोखिमहरूमध्ये एउटा मुख्य जोखिम अत्यधिक गर्मी र आद्रताको जोखिम रहेको एम्नेष्टिले जनाएको छ ।

सन् २०१९ मा कतार सरकारले ग्रीस बेस फेम प्रयोगशालाद्वारा यस विषयमा अध्ययन गरेको थियो । कतारी कानूनले उक्त समयमा प्रदान गरेको न्यूनतम सुरक्षात्मक अवस्थामा रहेका श्रमिकहरू तुलनात्मक रूपमा उच्च सुरक्षात्मक स्तरमा रहेका

विश्वकप परियोजनामा काम गर्ने श्रमिक समूह भन्दा हृदयघा’तको उच्च जोखिममा रहेको जनाइएको छ । कार्डि’योलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृ’त्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो।

सन् २००९ देखि २०१७ को अवधिमा भएको ५७१ नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृ’त्युहरूमध्ये २०० जति मृ’त्युलाई रोक्न सकिन्थ्यो भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको एम्नेष्टि ईन्टरनेशनलले विज्ञप्तीमा उल्लखे गरेको छ।

२०७८ कार्तिक ७, आईतवार २१:४४ गते 1 Minute 435 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।