२०७८ माघ ११ मंगलवार

विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग परा-जित !

काठमाडौँ : ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हाँशिल गरेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को

समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित भएको हो । खेलमा जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा बिना कुनै विकेट पूरा गर्न सफल भयो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे भने अर्का ओपनर मोहम्मद रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् ।

पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गु’माउँदै १ सय ५१ रन बनाएको थियो ।

खेलमा भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमै एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए । त्यस्तै अफ्रिदीले तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर केएल राहुललाई ३ रनमा बोल्ड आउट गरे ।

त्यस्तै भारतको तेश्रो विकेटको रुपमा बलर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भए । भारतको चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गरे । तर उक्त साझेदारीलाई स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा आउट गर्दै तोडे ।

त्यसपछि आएका रविन्द्र जडेजा १३ बल खेल्दै १ चौका सहित १३ रनमा क्याच आउट भए । त्यस्तै हार्दिक पान्ड्या ८ बलमा २ चौका सहित १२ रनमा आउट भए । त्यस्तै अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट, हसन अलीले २ विकेट, हरिस रौफले १ विकेट र शादब खानले १ विकेट लिए । यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जुन खेलहरुमा भारतले पाकिस्तानलाई लगातार पराजित गर्दै आएको छ । तर आजको जितसँगै पाकिस्तानले भारतसँग निरन्तर हारको सृंखला तोडेको छ ।-एजेन्सी

२०७८ कार्तिक ८, सोमबार ११:०८ गते 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार