२०७९ आश्विन १० सोमबार

बिरामीको स्वास्थमा ग’म्भीर लाप-रबाही : बिना दर्ता औ’षधि पसलको कुशेमा हालिमु’हाली !

जजारकोट : कुशे गाउँपालिकामा अ’वैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन्। पहुँचमा स्वास्थ्य संस्था तथा प¥र्याप्त औ’षधि नहुँदा अवैध रूपमा औ’षधि पसलहरू सञ्चालनमा रहेका हुन्।

चिकित्सकले बि’रामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औ’षधि बि’क्री गर्न पाइने कानुनी व्यवस्था छ। तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औ’षधि पसलबाट चिकित्सकको पूर्जी बिना बि’रामीलाई औ’षधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए।

जथाभावी औ’षधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ। नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अ’वैध औ’षधि पसलबाट औ’षधि बिक्री भइरहेका छन्। सरकारी स्वास्थ्य संस्थाको संख्याभन्दा निजी औ’षधि पसलको संख्या बढी छ।

स्वास्थ्य चौकीको संख्या पाँच र आधारभूत स्वास्थ्य सेवा केन्द्रको संख्या चार मात्र छ । भएका स्वास्थ्य संस्थामा पर्याप्त उपकरण र दक्ष जनश’क्तिको अभाव देखिन्छ। करारका अधिकां’श स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य संस्था धानेको देखिन्छ। साथै कुशे गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थामा सञ्चार सेवा छैन ।

स्वास्थ्य सेवा कार्यालय, पालिकामा खबर गर्नकै लागि हिँडेरै पुग्नु अथवा इन्टरनेटको सहारा लिनु पर्ने अवस्था छ । २४ हजार १७१ जना जनसंख्या रहेको कुशेमा प्राथमिक स्वास्थ्य केन्द्रको संख्या शून्य छ। सबै पालिकामा संघीय सरकारले १० ÷ १५ शै’य्याको अस्पताल बनाउनका लागि पहल भए पनि कुशेमा भने सो हुने सकेको छैन ।

सबै भन्दा बढी हवाइ सेवा लिने बि’रामीहरूमध्ये कुशेकै बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।जुम्लाको सिमाना संग जोडिएको यो पालिका सडक सञ्जालसँग हिउँद मात्र सञ्चालन हुने गर्दछ । वर्षायाममा यातायात सेवा ठप्प हुने गर्दछ।

२०७८ कार्तिक ८, सोमबार २२:५४ गते 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।