२०७९ आश्विन ११ मंगलवार

कोरोनाका कारण बन्द कोरिया रोजगारी खुल्यो, आज ४८ जना कोरिया जाँदै !

काठमाडौं : कोरो’नाका कारण बन्द रहेको कोरिया रोजगारी २० महिनापछि खुलेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले नेपाली कामदारलाई वैदेशिक

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउने काम सुरु भएको जनाएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र

सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकोमा २० महिना देखि को’रोनाभा’इरस सङ्क्र’मणका कारण जान पाएका थिएनन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार छाएको छ ।

आज (बुधबार) साँझ पहिलो चरणमा ४८ जना श्रमिकहरु कोरिया जाँदैछन् । साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

२०७८ कार्तिक १०, बुधबार ०३:१७ गते 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।