२०७९ आश्विन २० बिहीबार

साउदीको खोबारमा नेपाली युवा द्वारा खोटाङ हलेसी रेस्टुरेन्ट संचालन !

साउदि : नवराज तामाङ, साउदी अरेबियाको अल खोबारमा शुक्रबारबाट नेपाली रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । रेस्टुरेन्ट खोटाङका युवा व्यवसायी केशव बस्नेतले सञ्चालनमा ल्याएको हो । खोबारस्थित सुवेकाको सिफा अस्पताल नजिकै

सञ्चालनमा ल्याएको रेस्टुरेन्टको नाम खोटाङ हलेसी हुन् । एकपटकमा झन्डै दुई दर्जनलाई सेवा दिन सक्ने खोटाङ हलेसीका सञ्चालक बस्नेतले बताए । उनका अनुसार खोबार आसपासका रहेका नेपालीहरूको सेवा सुविधालाई ध्यानमा राखेर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ सापातेलका बस्नेत १४ वर्षअघि साउदी अरेबिया आएका हुन् । को’रोना महामा’रीका कारण लामो प्रयासपछि सञ्चालनमा आएका खोटाङ हलेसी रेस्टुरेन्टमा तुक्पा, अक्रभिया, अजिजिया, सेल्भर टावर, राँका लगायतमा रहेका नेपालीहरूले सेवा पाउने सञ्चालन बस्नेतको भनाइ छ । `

व्यावसायिकभन्दा पनि यस क्षेत्रमा रहनुभएको आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई नेपालमै हुनुभएको आभास दिलाउने रेस्टुरेन्टको योजना छ ´, सञ्चालक बस्नेतले भने,` हामी सुपथ मूल्यमा नेपाली खानासँगै केही चाइनिज र इन्डियन खाना समेत उपलब्ध गराउँछौँ ।´

रेस्टुरेन्ट सञ्चालन गरेकै दिन खचाखच भरिएको थियो । यहाँस्थित लुलु हाइपर मार्केटमा कार्यरत नेपालीहरूको एक टोलीले नजिकै नेपाली रेस्टुरेन्ट सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गरे । ` नेपाली खानाको स्वाद लिन दमाम जानुपर्ने झन्झट अब सक्यो, लुलु टोलीले भने,` रेस्टुरेन्ट भनेको खानाको स्वाद मात्र नभएर सफाइ, छिटोछरितो सर्भिस लगायतमा ध्यान दिएको खण्डमा केही नेपालीहरूको रोजगारीको समेत ग्यारेन्टी हुन्छ ।´

खोटाङ हलेसी रेस्टुरेन्टका प्रमुख कुक हरि खड्का हुन् । मोरङका खड्का झन्डै एक दशकदेखि कुकमा कार्यरत छन् । रेस्टुरेन्टमा कोदोको ढिँडो, नेपाली खाना सेट, चाउमिन, थुक्पा, म:म, सुकुटी, कचेला, छोइला, चाइनिज र भारती खाना समेत अर्डर अनुसार पाइने कुक खड्काको भनाइ छ ।

यहाँ रहेका नेपालीहरू लगभग ५० किलोमिटर पार गरेर नेपाली खानाको स्वाद लिन दमाम जानुपर्ने झन्झट हलेसी रेस्टुरेन्ट सुरु भएपछि हटेको छ । सन् २०१० देखि नेपालीहरूको चहलपहल बाक्लिएको खोबारमा पहिलो पटक नेपाली रेस्टुरेन्ट सञ्चालनमा आएका हुन् । खोबारभित्र झन्डै १० हजारभन्दा धेरै नेपालीहरू रहेको अनुमान छ ।

-सैलुङ अन्लाईन बाट साभार गरिएको हो ।

२०७८ कार्तिक १०, बुधबार ०५:२४ गते 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।