२०७९ आश्विन १२ बुधबार

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा नेपाल फर्किए।

अमेरिका : अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा आज वासिंगटन डिसीबाट नेपाल फर्किंदै छन्। अहिलेका शेरवहादुर देउवाको सरकारले अन्य राजदूतहरुसहित

उनलाई पनि फिर्ता गर्ने निर्णय गरेकाले जम्मा ९ महिनाको मात्र कार्यकालमा सीमित भएपछि डा.खतिवडा नेपाल फर्किएका छन्। अमेरिकी समयअनुसार, उनी बुधबार साँझ वासिंगटन डिसीस्थित वासिंगटन डुलास एयरपोर्टबाट परिवारसहित नेपाल उडेका छन्।

२०७७ साल असोजमा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट अमेरिकाका लागि राजदूत पदमा नियुक्ति पाएका डा.खतिवडाको संसदीय सुनुवाई २०७७ सालको कात्तिकको अन्तिम साता भएको थियो।

संसदीय सुनुवाई समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएका खतिवडा राददूत पदमा नियुक्ति भएर पनि झण्डै ४ महिनासम्म नेपालमै अड्किएका थिए।

अमेरिकाबाट फर्किनु पर्ने तत्कालीन राजदूत डा.अर्जुनकुमार कार्कीले नयाँ राजदूतको नियुक्तिपछि पनि नेपाल फर्कन ढिलो गरेका थिए। कार्की २०७७ माघमा मात्र फर्किपछि डा.खतिवडाले माघमै आएर कार्यभार सम्हालेका थिए।

२०७८ कार्तिक ११, बिहीबार १५:२९ गते 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।