२०७९ आश्विन १० सोमबार

पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न इयु अदालतको आदेश !

वार्सा : युरोपेली युनियन (ईयु) को एक उच्च अदालतले पोल्यान्डलाई दैनिक १० लाख युरो जरि’वाना ति’र्न आदेश दिएको छ । पोल्यान्डको न्यायप्रणालीप्रति अस’न्तुष्ट

जनाउँदै युरोपेली आयोगको अदालत इसीजेले पोल्यान्डमाथि भारी जरिवा’ना तोकेको हो । यसै वर्षको सुरुमा ईयुले पोल्यान्डलाई अदालतको विवा’दास्पद कक्ष खारेज गर्न आदेश दिएको थियो ।

पोल्यान्डले सो आदेश नमानेपछि ईयुले सो सजाय तोकेको हो । पोल्यान्ड सरकारले सजायको नि’न्दा गरेको छ । ईयुको पछिल्लो आदेशसँगै ईयुसँग पोल्यान्डको टकराब बढ्ने देखिएको छ । टकराबले युरोपेली युनियनमा पोल्यान्डको सदस्यता नै धरा’पमा पर्न सक्ने केहीले टिप्पणी गरेका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला डेर लियेनले पोल्यान्डको अदालतले युरोपेली मुलुकको कानूनी प्रणालीलाई चुनौ’ती दिएको बताए । आवश्यक परेको बेला न्याया’धीशलाई सजाय दिन पोल्यान्डले सन् २०१८ मा सर्बोच्च अदालतमा अनु’शासन कक्ष स्थापना गरेको थियो ।

भ्रष्टा’चारबि’रुद्ध जुध्न सो कक्ष आवश्यक भएको सरकारको जिकिर छ । तर, स्वतन्त्रत न्यायाधीशलाई स’जाय दिन कक्ष प्रयोग गरिएको आलोचकहरुले आरोप लगाउँदै आएका छन् । न्यायाधीशले हेर्ने मु’द्दा रोक्ने अधिकार अनुशासन कक्षलाई दिइएको छ ।

जुलाईमा युरोपेली आयोगको अदालत इसीजेले सो कक्ष तत्काल बन्द गर्न पोल्यान्ड सरकारका नाममा एउटा आदेश दिएको थियो । इसीजेले आफूहरुको टा’उको ब’न्दुक ते¥र्साएर अनुचित माग गरेको भन्दै पोल्यान्डका प्रधानमन्त्री मेटुज मोराविकीले देशको

न्यायपालिकालाई कसरी संगठित गर्ने बारेमा इयुलाई कुनै अधिकार नभएको बताएका थिए । सो कक्ष खारेज गर्ने उनले बचन दिएका थिए तर कहिले खारेज गर्ने विषयमा भने मौन थिए । -एजेन्सी

२०७८ कार्तिक ११, बिहीबार १७:४० गते 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।