२०७९ आश्विन १२ बुधबार

दक्षिण कोरियामा दशैंको दिनमा औद्योगिक दुर्घ-टनामा परेका एक नेपाली युवकको मृ’त्यु !

सोउल : रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिगत ८ बर्षदेखि कार्यरत पर्वत भुजुङ्गका शिव हरि पौडेलको औद्योगिक दुर्घ-टनामा परि ज्या’न गएको छ ।

कोरियाको थेजन शहर स्थित एक फर्निचर कम्पनिमा कार्यरत उनी काम गर्ने क्रममा दशैको दिनमा (अक्टोबर १५) भर्याङ्गबाट लडेका उनलाई टाउकोमा ग’म्भीर चो’ट लागेर शख्त घा’इते भएका थिए ।

पौडेललाई अस्पतालमा उप’चारको लागि भर्ना गरिएको थियो तर होस खुल्न भने सकेन । अस्पतालले उनलाई अक्टोबर २४ तारेखमा मृ’त घोष’णा गरेका थियो । पौडेलको शव नेपाल लैजानको लागि समेत प्रक्रिया अगाडि बढिसकेको दक्षिण

कोरियास्थित नेपाली राजदुतावासकि श्रम सहचारी रमा भट्टराई निरौलाले जानकारी दिईन् । पहिलो कार्यकाल पूरा गरेर कमिटेड कामदारको रुपमा उनी कोरिया २०१८ मा आएका थिए ।-हाम्रा खबर

२०७८ कार्तिक १३, शनिबार ०८:४१ गते 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।