२०७९ आश्विन २० बिहीबार

अष्ट्रेलियामा को-भिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै !

एजेन्सी : अष्ट्रेलियाको क्यानबेरामा कोरो’नाभाइ’रस नि’यन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) का बासिन्दाहरूले

शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।
अगस्टको शुरुदेखि पहिलो पटक क्या’नबेराका कला र मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनः खोलिएका छन्।

आतिथ्य स्थलहरूको लागि संरक्षक क्यापहरू भित्र अधिकतम २५ व्यक्तिहरू सम्म बस्न मिल्ने बनाइएको छ। त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ। त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन् ।

व्यामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ। संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५।२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई को’रोना भाइ’रसविरु’द्ध पूर्ण खोप लगाइएको

जानकारी दिनुभएको छ। उहाँले घरमा निको हुने को’भिड(१९ बिरा’मीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर ९१३५।४ मिलियन अमेरिकी डलर कोषको घो’षणा गर्नुभएको छ।

२०७८ कार्तिक १२, शुक्रबार १७:४० गते 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।