२०७९ आश्विन १५ शनिबार

माधव कुमार नेपाल भन्नुहुन्छ : केपी ओली बालुवा हुन्, उनलाई निचोरेर तेल आउँदैन ।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजतन्त्र र भारतसँग साठगाँठ रहेकाले पटक–पटक संसद्

विघटन गरेको आरोप लगाएका छन् । शुक्रबार (आज) नेकपा (एस)को स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले ओलीलाई यस्तो आरो’प लगाएका हुन् ।

त्यस्तै उनले ओली गलत बाटोमा हिँडेकाले उनलाई सुधार्न धेरै पहल गरेको पनि बताए । उनले भनेका छन्, ‘केपी ओली बालुवा हुन् । उनलाई निचोरेर तेल आउँदैन । उनलाई मान्छे बनाउन खोज्नु नै हाम्रो मु’र्खता हो ।’

त्यस्तै ओलीले कोरोना कोषको रकम खर्च गरेर बालुवाटारमा हेलिप्याड बनाएको बताए । नेपालले कोरोनाको कोषको बजेट दुरुपयोग गर्दै हेलि’प्याड बनाएको बताउँदै ओली नेतृत्व सरकारले चरम भ्रष्टाचार गरेको बताए ।

त्यस्तै निर्मला पन्त लगायतका घटनाका दोषीलाई कारबाही नगरी देशमा अशान्ति पैदा गर्ने केपीले आफू र आफ्ना भक्तबाहेक अरुलाई सम्मान गर्न नजान्ने उनले बताए । सरकारमा रहँदा पनि काम गरेको झु’टो भाषण गर्ने ओलीले जबजको नारा लगाउँदै पार्टी र सत्ताको दुरु’पयोग गरेको उनले बताए ।

२०७८ कार्तिक १२, शुक्रबार २२:३८ गते 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।