२०७९ आश्विन ११ मंगलवार

एयरपोर्टमा मन्त्री आलेको छड्के, भन्छन् ‘डीजी साप, पीसीआरको लु’ट तुरुन्त बन्द गराउनुहोस्’ ।

काठमाडौँ : दोहा, दुबई, मलेसिया जाने विमान शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कुरेर बसेका थिए । विमानस्थल बाहिर पार्किङमा संचालनमा ल्याइएका निजी ल्या’बमा श्रमिकहरु आरटी–पीसीआरको रि’पोर्ट कुरिरहेका थिए ।

नजिकिँदो तिहारको याममा खादा, माला र रातो बिदाइको टीकाले सजिएका नेपालीहरु हातमा पास’पोर्ट र टिकट बोकेर पार्किङ क्षेत्रमा आइएमएस समूहले बनाएको भवनमा रहेका आधा दर्जन ल्या’बमा लाइनमा देखिए ।

निजी सुरक्षागार्ड पी’सीआर गर्ने र रिपोर्ट लिने यात्रुको लाइन मिलाइरहेका थिए । ल्याबका कर्मचारी र्‍या’पिड पी’सीआर टेस्टका लागि नाम टिप्ने र प्रतिव्यक्ति २ हजार रुपैयाँ संकलन गर्दै स्वाबको स्याम्पल लिइरहेका थिए । श्रम गन्त’व्यमा जाने नेपाली युवायुवतीलाई बिदाइ गर्न आएका परिवारका सदस्यहरुको अनुहार मलिन देखिन्थ्यो ।

कतिपयका साना नानीबाबु केही घन्टामै जन्म’भूमि छाड्नै लागेका तन्नेरी बा–आमाको छातिमा टासि’एका देखिन्थे । केही हात समातेर विदेशिन लागेका अभि’भावलाई छाडिरहेका थिएनन् ।

र्‍या’पीड पीसीआरका लागि नमुना दिनेहरु र रिपोर्ट लिनेहरुको भद्रगोल भीडमा एकाएक देखापर्छन् पर्यटनमन्त्री प्रेमबहादुर आले । उनी त्यहाँ प्रह’रीलाई जानकारी न’दिई केही संचारकर्मीसहित छड्केमा पुगेका थिए । मन्त्री गाडीबाट ओ’र्लिनेबित्तिकै र्‍या’पीड पीसीआर गरिसकेका दुई जना युवाको हातबाट बिल लिन्छन् ।

‘कति तिर्नुभयो ?’ ती युवाहरुले मन्त्रीलाई भन्छन् ‘दुई हजार रुपैयाँ ’ पार्किङको अर्को ठाउँमा अर्को समूहलाई उनी सोध्छन् । उनीहरुले पनि पर्यटनमन्त्री आलेलाई ‘दुई हजार रुपैयाँ तिर्‍यौं । पी’सीआर गराउन साहै कष्ट र महँगो भयो !’ भन्छन् ।

त्यही भिडबाट रुकुमका झुपकुमार मल्लले मन्त्री छड्केमा आएको थाहा पाएपछि गु’नासो राखे । ‘कसैले यता भन्छ, कसैले उता भन्छ । सर हामीलाई यहाँ लु’ट्ने काम भइरहेको छ । दुख पाइयो,’ यात्रुहरुका कुरा सुनेपछि आलेले भने, ‘मैले वैदेशिक रोजगारमा जानेहरुबाट धेरै गुनासो सुनेर आएको हुँ । बाहिर १ हजारदेखि १२ सयमा हुने काम यहाँ २ हजारमा हुनु भनेको ठ’गी हो । म यसलाई समाधान गर्छु ।’

५ दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका राजकुमार क्षत्रीलाई पनि साथै लिई पुगेका उनले यात्रुहरुलाई देखाउँदै र उनीहरुकै बीच’मा त्यहाँका ल्या’बहरुको मूल्य अनुगमन गरी तत्काल ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिए । ‘डीजी’साप पी’सीआरमा भइरहेको लु’ट तुरुन्त बन्द गराउनुहोस् । आइतबारबाट १ हजारदेखि १२ सय रुपैयाँ कायम गराउनुहोस् । जुन ल्या’बले मान्दैन कार’बाही गर्नुहोस् ।’

क्षत्रीले मन्त्रीको निर्देशनअनुसार आइतबारदेखि ल्याबमा भइरहेको जाचको अनुगमन गरी मूल्य घटाउने बताए । उनले विमानस्थलका महाप्रबन्धक प्रता’पबाबु तिवारीलाई आइतबार नयाँ मूल्य लागू गर्न पत्र पठाउने बताए । हाल काठमाडौंबाट दुबईका लागि हुने उडानमा नेपाली तथा विदेशी वायुसेवाहरुले उड्नुभन्दा २ देखि ६ घन्टाअघिसम्मको आरटी–पी’सीआर जाँच गरेको रिपोर्ट अनिवार्य माग्छन् ।

त्यस्तै नेपाल वायुसेवा निगमले हङकङको उडानमा ६ घन्टा अगावैको आरटी–पीसी’आर नेगे’टिभ अनिवार्य गरेको छ । को’रोना संक्र’मण कायमै रहेकाले विभिन्‍न मुलुकहरुले को’रोना जाँच र खोप लगाएको प्रमाणलाई यात्रामा अनिवार्य गरेका छन् । विमानस्थलमा नियमन नहुँदा प्रयोगशालाहरुले महँ’गो शुल्क लिई परी’क्षण गर्दै आएका छन् ।

२०७८ कार्तिक १३, शनिबार ०९:०१ गते 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।