२०७९ आश्विन १२ बुधबार

केपी ओली भन्नुहुन्छ : महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् ।

काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन, ओलीले भने, कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ ।

महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेले प्रतिस्पर्धा गर्न सक्दैन । उनले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्न बताए ।

उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए । सो कार्यक्रममा उनले एमालेलाई समाप्त गर्न नसक्ने भन्दै

नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिएका थिए । राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर आएको पार्टी हो, ओलीले भने, बुढेसकालमा चुप लागेर घर बस्नु के-के बोल्दै हिँडेका छन् ।

२०७८ कार्तिक १४, आईतवार ०८:२१ गते 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।