२०७९ आश्विन १२ बुधबार

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र नेपालको निम्ति फलदायी !

काठमाडौं : छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ माभाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।

कात्तिक ८ देखि १२ गतेसम्मदुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ डाइलगमा सहभागि हुनश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कार्तिक ७ गते दुबई प्रस्थान गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए। श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि आयोजित‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका बिषयमामन्त्री श्रेष्ठले सम्बोधन गरेका थिए ।

मन्त्री श्रेष्ठले को’रोना भा’इरस कारण रोजगारी गु’माएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई

सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निशुल्क खान, बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निशुल्क पिसिआर परीक्षण, निशुल्क क्वारेन्टा’इन तथा आइ’सोलेसन सेन्टरको व्यवस्था र निशुल्क उपचारको व्यवस्था
मिलाउन प्रस्ताव गरेका थिए ।

युएई भ्रमणका मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा। अव्दु’लरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता समेत भयो । सो क्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएईजाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र

प्राविधिक कामदारयुएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भयो । वैठकमा सहभागि नेपाली टोलीले आवुधा’वीमा अन्य कुटनीतिक भेटघाट समेत गर्यो ।

नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेरश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार,साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे।

मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वा’रा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रियासमेत गरेका थिए भने तनहुँ सेवा समाज यूएईले आयोजना गरेको कार्यक्रममा पनि सहभागि भएका थिए ।

२०७८ कार्तिक १४, आईतवार १६:२७ गते 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।