२०७९ आश्विन १५ शनिबार

दीपशिखा भन्नुहुन्छ : एमालेले जस्तो गु’ण्डा हैन, माओवादीले कुलमान जन्माउँछ ।

काठमाडौं : वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा माओवादी केन्द्रले देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीले नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरेको इतिहास ताजा रहेको पनि बताए ।

अन्य पार्टी राज्य सत्ता हत्याउने प्रयासमा लागिरहेको आ’रोप लगाउँदै उनले माओवादीको नेतृत्व आज पनि देश र जनताप्रति समर्पित भएर जनताको हक अधिकारको पक्षमा लडिरहेको बताए।

उनले एमाले लगायतका अन्य पार्टीका नेताहरु चुनाव जित्नकै लागि कार्यकर्तालाई गुण्डा र डन शैलीमा प्रयोग गर्ने गरेको भन्दै माओवादीले भने जनार्दनजस्ता नेताहरुको नेतृ’त्वमा जनताको पक्षमा कुलमानजस्ता पात्र जन्माउन केन्द्रित रहेको बताए ।

उनले माओवादीलाई झुक्या’उन बालकोट र बूढानीलकण्ठबाट अथक प्रयास भइरहेको बेला युवाहरु वाइसीएलमा आव’द्ध भएर केन्द्रीय नेतृत्वलाई खबरदारी गर्ने समय आएको पनि बताए ।

माओवादीका सबै नेता तथा कार्यकर्ता एकता’वद्ध भएर माओवादी आ|न्दोलन र इतिहास मास्न खोज्नेविरु’द्ध सक्रिय रुपमा लाग्नुपर्नेमा उनको जोड थियो ।-दैनिक न्युज नेपाल

२०७८ कार्तिक १४, आईतवार २२:२२ गते 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।