२०७९ आश्विन १२ बुधबार

नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास आजबाट सुरु !

काठमाडौं : नेपाली र अमेरिकी सेनाबीच छाउनीस्थित रेन्जर गणमा सोमबारबाट सैन्य अभ्यास सुरु भएको छ । आजबाट नेपाली सेना र अमेरिकी सेनाबीच ‘टीक नेल’नामक सैन्य अभ्यास सुरु भएको हो ।

उक्त सैन्य अभ्यासको सुभारम्भ नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार समारोहमा

नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को–अपरेशन (ओडीसी)का प्रमुखलगायतका सैन्य अधिकारीहरु उपस्थित थिए । सैन्य अभ्यास मंसिर १४ सम्म चल्ने जनाइएको छ ।

नेपाली सेनाका ५० र अमेरिकी सेनाका २० जना विशेष फौजले सैन्य अभ्यासमा सहभागिता रहेको छ । सैन्य अभ्यास काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्पमा हुनेछ।

२०७८ कार्तिक १५, सोमबार १५:१४ गते 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।