२०७९ आश्विन २० बिहीबार

कतारले बिदेशी कामदारको बढेको तलब कहिलेबाट दिदै छ ?

काठमाडौँ : कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक

मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

उक्त तलबलाई वृद्धि गर्ने कुरामा कतार सरकार सकारात्मक भएको भनिएको छ । अन्तरास्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।

यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ । बिश्वकप फुटबल २०२२ कतारमा हुने भए संगै कतारले श्रमिकहरुको लागि नियममा परिवर्तन ल्याउदै श्रमिकको लागि उपयुक्त गन्तब्य बनाउदै आएको छ ।

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ ।

यता नेपाल सरकारले बैदेशिक रोजगारिमा जानेहरुलाई मध्यनजर गर्दै कोरोनाको खोप दिन सुरु गरेको छ । हरेक जिल्लामा बिदेश जानेहरुका लागि खोप दिन थालिएको हो ।

२०७८ कार्तिक १५, सोमबार २०:३५ गते 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।