२०७९ आश्विन १२ बुधबार

प्रचण्ड भन्नुहुन्छ : गठबन्धन भत्काउन प्रतिगामी षड्यन्त्र भइरहेको छ, आँखा र कान खुल्लै राखौं ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तो’ड्ने षड्य’न्त्र भइरहेको बताउँदै अझै पनि आँखा र कान खुल्लै राख्नुपर्ने बताएका छन् ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडय’न्त्रहरू भइरहेको बताएका हुन् ।

वर्तमान गठबन्धनलाई भत्का’एर प्रतिक्रिया’वादी गठबन्धन बनाउने कसरत भइरहेको र यसका लागि गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले क’मजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले दाबी गरे ।

वैदेशिक शक्तिहरू गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको पनि उनले दाबी गरे । उनले भने ‘षड्यन्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौँ भन्न सक्ने स्थिति अझै पनि छैन । यो गठबन्धन तो_ड्नको लागि अनेक षड्य’न्त्र र हतकन्डाहरु अपनाइराखिएकै छ ।

फेरि पनि प्रतिक्रियावादी गठ’बन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रूपले । या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइनै राख्या छ ।

यहाँ भित्र अर्को त्यस्तो निरङ्कु’श प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइनै राख्या छ । त्यस कारण कर्मचारी साथीहरू तपाई हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कति बेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’

फरक प्रसंगमा बोल्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको पनि बताए । तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र ष’ड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ कम हुने बताए ।

उनले विगतका सरकारले रोकेका सबै विधेयकहरू पारित गराउनेतर्फ वर्तमान सरकार लागि परेको पनि बताए । निजामती ऐन, प्रहरी ऐन लगायतका ऐनलाई छिटोभन्दा छिटो अगाडी बढाउने उनले जानकारी दिए ।-दैनिक न्युज नेपाल

२०७८ कार्तिक १६, मंगलवार ०८:२२ गते 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।