२०७९ आश्विन १२ बुधबार

केपि ओलि भन्नुहुन्छ : ७ दिनमै ढाल्न सक्छौँ सरकार तर हामी चाहन्नौँ, निर्वाचनमा ५ दललाई ‘धोबी-चुटाइ’ गर्नु छ ।

काठमाडौं : नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ७ दिनमा ढाल्न सक्ने आफूहरुमा खुवी रहेको तर त्यो नचाहने दावी गरेका छन् ।

साथै उनले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचन ‘धोबी-चुटाइ’ गरेर पछार्ने तयारी भइरहेको पनि बताए । चितवन भ्रमणमा रहेका अध्यक्ष ओलीले भरतपुरमा आयोजित प्रथम

महानगर अधिवेशन उद्घाटन गर्दै चाहे ७ दिनमै सरकार ढाल्नसक्ने बताए । कार्यक्रममा उने भने, ‘यो सरकार सात दिनमा ढाल्न सक्छौँ । तर, अहिले ढाल्ने चाहना छैन । हामीलाई सरकार ढाल्ने हतारो छैन ।’

उनले सरकार ढालेर समय विताउनु भन्दा आगामी निर्वाचनको तयारी गर्नु प्रमुख भएको बताए । उनले भने, ‘हामीले चाह्यौँ भने सरकार ७ दिनमै डल्छ ।

तर हामी सरकार ढालेर समय खेरा फाल्दैनौँ । हामीलाई आगामी निर्वाचनको तयारी गर्नु प्रमुख हो । हामीले पाँच दलिय गठबन्धनलाई धोवीले लुगा पछारेझैँ पछार्नु छ।’

२०७८ कार्तिक १६, मंगलवार १२:१८ गते 1 Minute 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।