२०७९ आश्विन २० बिहीबार

ब्रेकिङ – फ्लाई दुबईको विमानमा चरा ठो’क्कियो, दुबई जान लागेका १ सय ७९ यात्रु रोकिए !

काठमाडौं : मंगलबार साँझ ७ बजेर १० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठो’क्किएको छ ।

विमानस्थल सुरक्षाकर्मीले बताएअनुसार जहाजको बायाँ पङ्खामा चरा ठो’क्किए पनि मानवीय क्षती भने भएको छैन।.एफजेड–५७४ को विमान ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने भए

पनि उक्त उडान स्थगित भएको छ । विमानस्थलमा दुबई जान तयार रहेका १ सय ७९ जना यात्रुलाई विमानको चेकजाँचका समयसम्म होटेलमा राखिएको बुझिएको छ ।

थप समाचार,
सुर्खेत : कर्णाली प्रदेशका नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री शाहीले सपथ ग्रहण गरे पनि मन्त्रिपरिषद् विस्तार गर्न असफल भएका छन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डा नमिलेपछि मंगलबार शाही एक्लैले शपथ ग्रहण गरेका छन् । गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

शाही नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नयाँ मुख्यमन्त्री बनेका छन् । गठबन्धनमा आलोपालो सरकार चलाउने सम्झौताबमोजिम छोटो समयका लागि उनी मुख्यमन्त्री बनेका छन् ।

त्यससँगै मंगलबार नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसअघि माओवादीबाट मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही रहेका थिए ।

२०७८ कार्तिक १६, मंगलवार २२:४६ गते 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।