२०७९ आश्विन १२ बुधबार

कुलमान घिसिङले यहाँ जात्रा हेर्न आउनुभएको भन्दै थर्काएपछि…

काठमाडौं : तिहारको मुखमा विद्युत बन्द भएको खबर पाएपछि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको भरतपुरस्थित बसेनी स’बस्टेसन पुगे ।

त्यहाँ पुगेर प्राधिकरणका कर्मचारीसँग विद्युत बन्द भएको बारे बुझे । कर्मचारीहरुले मंगलबारदेखि नै सब’स्टेसनमा पुरानो ट्रान्स’र्फमर हटाएर नयाँ राख्न ट्रान्स’र्फमर सुरु गरिएको जानकारी गराए ।

तर, कर्मचारीको काम गर्ने शैली, कामको रिपोर्ट र टिपोटमा कुलमानले चित्त बुझाएनन् । फिल्डमा जम्मा काम गर्ने ५ जना जति देखेपछि स’बस्टेसन पुगेका कुलमान झो’क्किए । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ? यहाँ जात्रा हेर्न आउनु भएको ?’

उनका अघि पछि देखिएका कर्मचारीहरु सर यस्तो त्यस्तो भन्दै थिए । तर, कुलमानले उनीहरुलाई यस्तो त्यस्तोले चल्दैन तिहारको मुखमा सबस्टे’सन नै बन्द भएपछि के हुन्छ भन्दै बरु खसी ल्याएर खानुस तर, चाहिने जति श्रमिक ल्याएर यो काम चाँडो गर्नुस् ।

तिहारकै बेला अन्धाकार देशलाई उज्यालो बनाएर उदाएका कुलमानले बुधबार कर्मचारीहरुलाई तिहारको समयमा सेवा’ग्राही वा कसैको घरपरिवारमा अँध्यारो हुनु दुःखद रहेको भन्दै काममा ढिलाई नगर्न निर्देशन दिए ।

फिल्डका टोली नेता र प्राविधिकहरुलाई कार्यकारी निर्देशक कुलमानले भने, ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस् । खसी नै का-टेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौँ । कति श्रमिक र पैसा चाहिन्छ भन्नुस् । २०/३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’

नयाँ ट्रान्स”र्फमर बिहीबार बिहानै आइपुग्ने बताउँदै कार्यकारी दिर्नेशक घिसिङले लक्ष्मीपूजाको दिन विद्युत झलमल्ल हुनुपर्ने निर्देशन दिए । मंगलबार दिउँसोदेखि भरतपुर क्षेत्रमा विद्युत बन्द भएको छ । विद्युत बन्द भएपछि सेवाग्राहीका घरमा अन्धाकार छाएको छ ।

२०७८ कार्तिक १७, बुधबार २२:२९ गते 1 Minute 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।