२०७९ आश्विन २० बिहीबार

ब्रेकिङ : बामदेब गौतम माओवादी केन्द्रमा प्रवेश गर्दै !

काठमाडौं : कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम ।आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।

उसो त उनको निकट नेताहरुले उनी सिद्धान्तमा अडिग ब्यक्ति हुन भन्ने गर्छन तर बामदेब गौतम भने पार्टी फेर्नमा छेपारो भन्दा कम भने छैनन ।पछिल्लो समय आफ्नै राजनीतिक करिअरको ठेगान नभएका गौतमले नयाँ यात्रा तय गर्ने संकेत देखाएका छन् ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेको सूचना हामीलाई उनी निकट स्रोतबाट प्राप्त भएको छ । पछिल्लो समय उनले माओवादीमा प्रबेश गरेर सबै कम्युनिष्ठ पार्टीलाई एकताको सुत्रमा बाध्ने तयारी गरेका छन ।

नेकपा बिप्लब, माधब नेतृत्वको नेकपा एकिकृत समाजवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ ।

माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ । समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ ।।तत्कालका लागी उनी माओवादी केन्द्रमा प्रबेश गर्न लागेको खबर आएको छ ।-दैनिक न्युज नेपाल

२०७८ कार्तिक १७, बुधबार २२:५८ गते 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।