२०७९ आश्विन १२ बुधबार

कुलमान घिसिङ एक्सनमा : विद्युत आपूर्ति रोकिएपछि आफैं पुगे भरतपुरको सबस्टेसन !

काठमाडौं : चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन पुगेका छन् ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र

अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
विद्युत आपूर्ति सुचारु गराउनका लागि प्राविधिकहरुले काम गरिरहेपनि ढिलाइ भएपछि घिसिङ आफैं बुधबार मध्यान्ह भरतपुर पुगेका हुन् ।

उनले समस्याबारे जानकारी लिएर सकेसम्म छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ । ‘तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि काम छिटो गर्न प्राविधिकलाई हौसला

होस् र परेका समस्याहरु फुकाउन सहज होस् भने उहाँ चितवन पुग्नु भएको हो,’ घिसिङको सचिवालयका एक कर्मचारीले भने । घिसिङले भारतपुर पुगेलगत्तै समस्या समाधानका लागि सबस्टेसनमै पुगेर छलफल थालेका छन् ।

तिहारको समय भएकाले विद्युत आपूर्ति घण्टौं रोकिने अवस्था आउनु दुःखद् भएपनि समाधानको लागि विज्ञ प्राविधिक टोलीले काम थालेकाले छिट्टै आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।- यो खबर दैनिक न्युज नेपालमा प्रकाशित छ ।

२०७८ कार्तिक १७, बुधबार २३:०२ गते 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।