२०७९ आश्विन १५ शनिबार

खुशीको खबर ! आज बाट देशबाहिर विद्युत विक्री सुरु !

काठमाडौं : नेपालले आजबाट देशबाहिर विद्युत विक्री थालेको छ । भारतलाई विद्युत विक्री गरेर निर्यात थालेको हो ।
मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री थालेको हो ।

यसबाट दैनिक करोडौं आर्जन हुन थालेको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएको हो । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो ।

भारतले नेपालबाट विद्युत लिएवापत्को विद्युत दिने गर्दथ्यो ।
पहिलो चरणमा नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभी अन्दरदेशीय प्रसारणलाइनमार्फत् ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा विक्री सुरु गरेको छ ।

यसअघि यो लाइनबाट विद्युत आयात मात्र भइरहेको थियो ।
नेपालमा विद्युत खेर गइरहेको र भारतमा ऊर्जा संकट परिरहँदा निर्यात अनुमती पाएको हो ।-रिपोर्टस नेपाल

२०७८ कार्तिक १८, बिहीबार ०१:२० गते 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।