२०७९ आश्विन १२ बुधबार

प्रधानमन्त्री देउवा भन्नुहुन्छ : मैले लगाएकाे टोपी देख्नेबित्तिकै वाइडेनले चिनिहाले ।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि भेटेको जानकारी दिनुभएको छ । बेलायत भ्रमणका क्रममा आफूले राष्ट्रपति जो वाइडनलाई भेटेको भेटेर

कुराकानी गरेको बताउनु भयो । उहाँले राष्ट्रपति जो वाइडनले देख्ने टोपीको आधारमा चिनेको बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई जानकारी दिनुभयो ।

‘अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि भेट भयाे । उनी पहिलेनै नेपाल आएका रहेछन्,’ उहाँले भन्नुभयो, ‘मैले टोपी लगाएर गएको थिएँ। देख्नेबित्तिकै चिनिहाले।’

वाइडेनले नेपाल राम्रो देश रहेको र खुब मन पर्ने भनेर सुनाएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । देउवा र वाइडनबीच सोमबार बेलायती प्रधानमन्त्री बोरिस

जोन्सनले आयोजना गरेको रात्रिभोजमा भेट भएको थियो । सो क्रममा दुवै पक्षबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवाले बेलायत भ्रमणका क्रममा विभिन्न मुलुकका प्रमुखहरुबीच भेतवार्ता गर्नुभएको थियो ।

२०७८ कार्तिक १९, शुक्रबार ०३:३७ गते 0 Minutes 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।