२०७९ आश्विन १२ बुधबार

निशुल्क टिकटसहित दुबईको एक कम्पनीमा ४ सय जना नेपाली कामदारको माग, मासिक तलब कति ?

निशुल्क हवाई टिकटसहित दुबईको एक कम्पनीमा ४ सय जना नेपाली कामदारको माग, मासिक तलब कति ?

काठमाडौं : दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको IMDAAD L.L.C कम्पनीले १०० जना महिला सहित ४०० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन ।

कामदारले तलब खान बस्न सहित २५ हजार देखि ३३ हजार माथि पाउने छन् । इच्छुक कामदारले अल जराफा रिसोर्स कन्सल्टेन्ट प्रा.लि.सिनामंगल काठमाडौंमा कार्तिक २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ ।
यस्तै, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२०७८ कार्तिक १९, शुक्रबार ०४:०४ गते 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।