२०७९ आश्विन १० सोमबार

लक्ष्मीपूजाको दिन विद्युतको माग हाल सम्मकै उच्च, भारतमा निर्यात गरेरै पनि नेपाललाई प्रशस्त !

काठमाडौं : विगत ५ वर्ष अगाडिका लक्ष्मी पूजाको दिन भारतबाट विद्युत आयात गर्नु पर्थ्यो । तर हिजोको लक्ष्मी पूजामा त्यो अवस्था आइपरेन ।

बरु ५ वर्षपअघिको अवस्थाको ठिक विपरित भयो । किनकि वर्षको लक्ष्मी पूजामा हालसम्मकै उच्च विद्युत माग रेकर्ड गरियो । त्यतिमात्रै होइन भारतमा ४८ मेगावट विजुली निर्यात पनि गरिएको छ, र भारतबाट नेपाल बिजुली आयात शुन्यमा झारिएको छ ।

नेपालकाे बिजुली नै प्रशस्त छ । लक्ष्मीपूजाको अवसरमा उपत्यकामा अधिकजसो घरमा बिजुली खपत हुने गर्छ । झिलिमिली बिजुली बाल्नेदेखि छुट्टै बत्ती बाल्नसम्म । त्यसको परिणम स्वरुप नै भनौँ हिजो हालसम्मकै उच्च बिजुली खपत पनि भयो । विद्युत प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन सबैभन्दा धेरै विद्युतको माग भयो ।

हिजाको पीक डिमाण्ड १२७० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो हालसम्मकै उच्च माग हो । पोहोरको साल लक्ष्मीपूजाको दिन ११२३ मेगावाट थियो । पोहोरको तुलनामा यो वर्ष १४७ मेगावाट बढी हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चलाखीपूर्ण तरिकाले व्यवस्थपन गरेका थिए । उनले यो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । र, त्यसै अनुसारअनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेका थिए ।

निर्देशक घिसिङले भरपुर बिजुलीको प्रयोग गरिने पनि जनाएका थिए । यो अवस्थामा काठमाडौं उपत्यका र आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड भयो । यो पनि गत वर्षको तुलनामा अधिक हो । गत वर्ष र यो वर्षको तुलना गर्दा झण्डै २४ दशमलव ६४ मेगावट विद्युत बढी माग हो ।

गत आर्थिक वर्ष र यो वर्षको सम्रग तुलनामा पनि नेपालकै इतिहासमा सबैभन्दा बढी विजुली डिमाण्ड भएको हो । चालु आर्थिक वर्षमा पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको थियो । त्यसलाई नै हालसम्को उच्च डिमाण्ड मानिँदै आएको छ । तर यो रेकर्ड गत असोजको हो । उक्त डिमाण्डलाई निर्यातसहित मापन गरिएको थियो । समग्र व्यवस्थापन हेर्दा विद्युत वितरण र व्यवस्थापनमा विद्युत प्राधिकरण सफल भएको छ ।

उर्जामन्त्रीसहित प्राधिकरण पदाधिकारी भार केन्द्रमा !

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसहित प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी

लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए । कुनै समस्याका कारण उपभोक्तालाई असर नपरोस भन्ने उदेश्यले प्राधिकरणले मुलुकभरका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको पनि जनाएको थियो ।

२०७८ कार्तिक १९, शुक्रबार १७:३४ गते 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।