२०७९ आश्विन २० बिहीबार

हवाइ दुर्घ-टनामा परि ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको मृ’त्यु !

काठमाडौं : ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको दुर्घ’टनामा परि मृ’त्यु भएको छ । एक क’न्सर्टमा जाने क्रममा हवाइ दुर्घ’टनामा परि उनकाे मृ’त्यु भएको हो ।

बीबीसीका अनुसार उनी सवार जहाज ब्राजिलको मिनास गेरिस राज्यमा दुर्घ’टनामा परेको थियो । दुर्घ’टनाको कारण भने खुल्न सकेको छैन् । यद्यपि दुर्घटनामा उनका आफन्तसहित ४ को मृ’त्यु भएको बताइएको छ ।

गायिका मेन्डोन्का सन् २०१९ को ल्याटिन ग्र’म्मी विजेता हुन्। उनी २६ वर्षकी थिइन् । उनी महिलाहरुको असफल सम्बन्धका बारेमा आवाज उठाउने गायिकाको रुपमा परीचित थिइन् ।

थप समाचार, काठमाडौं : आलिया भट्ट बलिउड उद्योगको सबै भन्दा ट्यालेन्टेड अभिनेत्रीहरुमध्ये एक हुन् । ‘राजी’, ‘डियर जिन्दगी’, ‘कपूर एण्ड सन्स’, ‘स्टुडेन्ट अफ द इयर’लगायतका सुपरहिट फिल्ममा काम गरिसकेकी आलिया भट्ट आफ्नो पर्सनल लाइफका कारण सँधै चर्चामा रहँदै आएकी छन् ।

पछिल्लो समय आलिया भट्ट र उनका ब्वाइफ्रेण्ड रणवीर कपूरको विहेबारे चर्चा हुँदै आएको छ । यसैबीच प्रियंका चोपडा र दीपिका पादुकोणपछि अभिनेत्री आलिया भट्ट पनि हलिउडमा आफ्नो सिक्का जनाउनका लागि तयार भएकी छन् । इन्डिया टुडेको एक रिपोर्ट अनुसार हलिउड ट्यालेन्ट एजेन्सी डब्ल्यूएमई अर्थात् विलियम मोरिस एन्डेवयर इन्टरटेन्मेन्टले अभिनेत्री आलियालाई साइन गराएको छ ।

डब्ल्यूएमई एक अमेरिकन एजेन्सी हो, जुन क्यालिफोर्नियामा अवस्थित छ । अभिनेत्री आलियाले सन् २०२२ मा आफ्नो पहिलो हलिउड प्रोजेक्ट घोषणा गर्ने आशा गरिएको छ । रिपोर्टका अनुसार आफ्नो हलिउड प्रोजेक्टलाई लिएर अभिनेत्री आलिया निकै उत्साहित रहेकी छन् ।

त्यस्तै आलियाको बलिउड प्रोजेक्टबारे कुरा गर्नुपर्दा चाँडै उनी सञ्जय लीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’मा देखिदैछन् । त्यस्तै उनले रणवीर सिंहको साथमा ‘राँकी और रानीकी कहानी’, बाहुबली फेम निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ र अयान मुखर्जीको ‘ब्रमहास्त्र’मा पनि काम गरिरहेकी छन् ।

२०७८ कार्तिक २०, शनिबार १७:३२ गते 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।