२०७९ आश्विन १० सोमबार

अब कतारी नागरिक जस्तै नेपाली कामदारलाई पनि स्वास्थ्य बिमा अनिवार्य !

अब कतारी नागरिक जस्तै नेपाली कामदारलाई पनि स्वास्थ्य बिमा अनिवार्य !

दोहा : कतारले विदेशी श्रमिकको लागि पनि स्वास्थ्य विमा अनिवार्य गरेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्थाका बारेमा स्पष्ट पारेको हो ।

कतारका शेख तामिम विन हमाद अल थानीले हिजो सो नयाँ कानुन जारी गरेका हुन् । सो कानुन सरकारी गजेटमा प्रकाशित भएको ६ महिना पश्चात लागु हुनेछ । द पेनन्सुला कतारका अनुसार नयाँ कानुन अनुसार कतारमा कार्यरत सम्पूर्ण विदेशी

श्रमिक तथा भ्रमण भिसामा आउनेहरुको समेत स्वास्थ्य विमा अनिवार्य गरिएको छ । सो विमा अन्तर्गत आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने जनाइएको छ ।

नयाँ कानुनले रोजगारदातालाई उनीहरुसँग काम गर्ने श्रमिकहरुको विमा गर्नुपर्ने व्यवस्था गरेको छ । ति श्रमिकहरु विमा कम्पनी मार्फत जनस्वास्थ्य मन्त्रालयमा दर्ता हुनेछन् ।

विमामा दर्ता भएपश्चात ६ महिना पछि विमा कार्यान्वयनमा आउने समाचारमा जनाइएको छ । यसका बारेमा निकट भविष्यमा नै मन्त्रालयले थप जानकारी दिने समाचारमा उल्लेख छ ।

२०७८ कार्तिक २०, शनिबार १७:४९ गते 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।