२०७९ आश्विन २० बिहीबार

२१ यात्रु विमानस्थल बाटै भागेपछि…

एजेन्सी : स्पेनको विमानस्थलमा विमान अवतरण गरेपछि नयाँ घट’ना घटेको छ । शुक्रबार विमानस्थलमा विमान अवतरण गरेपछि अवै’ध रूपमा स्पेन प्रवेश गर्न आएका २१ यात्रुहरु भागेका छन् ।

स्पेन प्रवेश गर्न आएका ती यात्रुहरुलाई प्रहरीले घण्टै खोजेको थियो । भागेका यात्रुहरुमध्ये प्रहरीले ९ जनालाई मात्र प’क्राउ गर्न सफल भएको थियो भने हालसम्म १२ जना फ’रार सूचीमा रहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मोर’क्कोको कासाब्लाङ्काबाट टर्कीको इस्ता’न्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयो’र्कातिर मोडिएको थियो। तर, विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको तार’बार नाघेर भागेका थिए।

बिरामी भनिएका ती व्यक्तिलाई अस्पताल लगेर चेकजाँच गर्दा कुनै अस्वस्थ रहेको नभे’टिएको पनि बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अवैध रुपमा स्पेन छि’र्न ती सबै प्रपञ्च यात्रुहरुले रचेको पछि चाल पाइएको थियो ।

विमान अवतरण भएपछि यात्रुहरु अक’स्मात् भागेका हुन् कि योजनाब”द्ध रूपमा सबै गतिविधि भएका थिए भन्नेबार अहिले प्रहरीले छानबिन गरिरहेको भनिएको छ ।

बिरामी भएका ती यात्रुलाई विमानबाट निकाल्न आक’स्मिक सेवाका कर्मचारीहरू विमानभित्र प्रवेश गरेका बेला २१ यात्रु भ¥र्‍याङबाट ओर्लि’एर भागेको भनिएको छ। यसकारण पनि यात्रुहरुले योजनाबद्ध’ रुपमा उक्त प्रपञ्च रचेको देखिनछ ।

२०७८ कार्तिक २२, सोमबार ०५:३९ गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।