२०७९ आश्विन १२ बुधबार

नेपाली भू-भागमा भारतीय प्रहरीको ड्रोन, नेपाल सरकार मौन !

काठमाडौं : नवलपरासीको सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले विना अनुमती ड्रोनबाट सीमा अनुगमन गर्दा समेत नेपाल सरकार भने मौन बसेको छ ।

सुस्ता गाउँपालिका–५ को एक नम्बर ठो’क्कर नजिकबाट उनीहरूले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको स्थानीयबासीले बताएका छन् । स्थानीयबासीले प्रहरीलाई जानकारी गराउँदा पहरीले उनीहरुलाई रोक्ने प्रयास समेत नगरेको स्थानीयबासीको आरो’प छ ।

सुस्तामा निर्माणाधीन झोलुंगे पुल नजिकमा बसेर एसएसबीका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर फोटो खिचेका हुन् । स्थानीयहरु उनीहरूले नेपाली भू-भागको नक्सां’कन गरेको हुनसक्ने बताउँछन् । सीमा क्षेत्रमा एसएसबीले पहिलोपटक त्यसरी ड्रोन उडाउने र नक्सांकन गरेको हो ।

नेपाली भू-भागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चे’तावनी दिएको समेत बताइएको छ ।

आइतबार दिउसो १२ बजेपछि उनीहरूले सिमावर्ति सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भू-भागको नक्सांकन गरेको स्थानीयको भनाई छ ।

भारतीय एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोक्ने काम गरेको छैन ।

सुस्ता गाउँपालिकाको ४ र ५ वडामा सुस्ता पर्छ । सुस्तामा सुरक्षाका लागि सईको कामाण्डमा नेपाल प्रहरीको चौकी छ भने प्रहरी निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली छ ।-दैनिक न्युज नेपाल बाट

२०७८ कार्तिक २३, मंगलवार ०५:५० गते 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।