२०७९ आश्विन ११ मंगलवार

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठ’गी गर्ने कुमारी बैंकका ४ कर्मचारी प’क्राउ !

काठमाडौं : बैंककै कर्मचारीको मिलेमतोमा कतिसम्मको ठ’गी धन्दा चल्दोरहेछ भन्ने पछिल्लो उदाहरण हो, यो चाहीँ । चर्चित गायकको नामको जग्गाको नक्क’ली लालपूर्जा बनाएर १९ करोडको कर्जा दिने बैंक हो, कुमारी बैंक ।

त्यसरी ठ’गी ध’न्दा चलाउने व्यक्ति को होला ? ठ’गी धन्दा चलाउने व्यक्ति पनि बैंककै कर्मचारी ! गायक योगेश्वर अमात्यले प्रहरीमा उ’जुरी हालेपछि बैंकका कर्मचारीसहित चार जना पक्रा’उ परेका छन्।

पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टे’न्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्। केन्द्रीय अनुस’न्धान ब्युरो (सीआईबी) को घे’रामा रहेका उनीहरुमध्ये तीन जनालाई केही दिनअघि काठमाडौंबाट पक्रा’उ गरिएको थियो भने चौरसियालाई मंगलबार प’क्राउ गरिएको छ ।

सीआईबीका अनुसार गायक अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको की’र्ते कागजात बनाएर १९ करोड ठ’गी गरेको पाइएको छ । कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा ठ’गी धन्दा भएको फेला परेको छ ।

गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्क’ली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालिएको प्रमाण भेटिएको छ । जग्गाको नक्क’ली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि उनीहरुलाई प्रहरीले पक्रा’उ गरेको थियो ।

नक्कली कागजात बनाउन सफल भएपछि ऋ’ण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालमा पत्राचार गरिएको भेटिएको छ भने केन्द्रीय बैंकले पनि सजिलै ऋ’ण स्वीकृत गरिदिएको पनि अनुस’न्धानमा प्रमाण फेला पारिएको छ ।

आफूलाई थाहै नपाई भित्रभित्रै यस्तो ठ’गी धन्दा चलेको थाहा पाएपछि गायक अमात्यले आफ्नो जग्गा की’र्ते गरेर ऋ’ण निकालेको भन्दै एक महिनाअघि प्रहरीमा उ’जुरी दिएका थिए । त्यसपछि सीआईबीले यसबारे अनुस’न्धान सुरू गरेको थियो।

२०७८ कार्तिक २४, बुधबार ०९:३९ गते 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।