२०७९ आश्विन २० बिहीबार

विश्वकै पहिलो जलवायु परिवर्तनको बिरामी घोषणा !

अन्तर्राष्ट्रिय समाचार – विश्वकै पहिलो जलवायु परिवर्तनको बिरामी घोषणा !

क्यानडा : विश्वकै पहिलो जलवायु परिवर्तनको बिरामी घोषणा गरिएको छ । अमेरिकी अखबार ‘दी हिल’ का अनुसार क्यानडाका चिकित्सकले एक क्यानडेली वृद्धामा स्वासप्रश्वासको

समस्या देखिएको भन्दै उनी नै पहिलो जलवायु परिवर्तनको बिरामी भएको घोषणा गरेका हुन् । स्वासप्रश्वासमा समस्या देखिएपछि ती ७० वर्षीया वृद्धा महिला अस्पताल भर्ना भएकी थिइन् ।

उनको उपचार खटिएका चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरेपछि रिपोर्टमा जलवायु परिवर्तनबाट पीडित संसारको पहिलो बिरामी भनेर उल्लेख गरेका छन् ।

तातो हावा र खराब वायु गुणस्तका कारण ती महिलामा स्वासप्रश्वासको समस्या देखिएको उपचारमा खटिएका चिकित्सकले रिपोर्ट बुझाएका छन् । यद्यपि, ती महिलाको नाम भने गोप्य नै राखिएको छ ।

२०७८ कार्तिक २४, बुधबार ०९:४३ गते 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।