२०७९ आश्विन १० सोमबार

यूएईले पाँच वर्षे मल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने, कस्तो डकुमेन्ट चाहिन्छ ?

काठमाडौ : यूएईले पाँच वर्षे पल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ । को’रोना महामा’रीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र यूएईलाई विश्वको मुख्य

पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाएको हो । पाँच वर्षको मल्टिपल टुबरिस्ट भिसा अन्तर्गत पर्यटकहरू पटक पटक यूएई आउजाउ गर्न सक्नेछन् । पर्यटकले पटक पटक भिसा लगाउने झन्झट गर्न पर्ने छैन ।

एक पटक जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाई लम्ब्या’उन पनि सकिन्छ । यो भिसा संसारका सबै देशका नागरिकले पाउने खबर खालिज टाइम्सले लेखेको छ ।

थप समाचार,
दुबई पुगिसकेकालाई हुनेभयो यस्तो फाइदा, तलब देखी भिसासम्म !

दुबई : युएई सरकारको महत्वाकांक्षी दुबई एक्स्पो २०२० सुरु भईसकेको छ । एक्स्पो २०२० दुबईको पहिलो १० दिनमा ४ लाख भन्दा बढीले अवलोकन गरिसकेको दुबईले जनाएको थियो।

कोरोनाको कारण केही ढिला भए पनि युएईले आफ्नो मेघा प्रोजेक्ट एक्स्पोको भब्य सुभारम्भ गरेको छ । एक्स्पो संगै युएई को अर्थतन्त्र युरोप र अमेरिकी अर्थतन्त्र बराबर भएको र अब बाकी सबै ब्यवस्थाहरु त्यही अनुरुप लैजाने योजना रहेको बताइन्छ ।

एक्स्पो सुभारम्भ संगै युएई सरकारले बिदेशी कामदार तथा नागरिकको लागि अफरै अफर ल्याएको छ । युरोपको दाजोमा लग्दै गरेको दुबईले कामदारको तलब वृद्धि देखि मल्टिपल भिसा सम्मको अवसर ल्याएको हो ।

यूएई सरकारले ५ वर्षे ‘मल्टिपल इन्ट्री भिसा’को आवेदन लिन सुरु गरेको छ । यूएई सरकारले सबै देशका नागरिकका लागि ५ वर्षे बहु–प्रवेश पर्यटन भिसा खुल्ला गरेको हो ।

पाँच वर्ष भिसा अवधि रहने र पर्यटकलाई आफ्नै प्रयोगमा धेरै पटकसम्म प्रवेश गर्न पाइने र प्रत्येक बसाइमा यूएई भित्र ९० दिनसम्म रहन सक्ने बताइएको छ । सो भिसालाई अर्को ९० दिन समयअवधि थप्न सकिने बताइएको छ । यस्तो भिसाको आवेदनको लागि आवेदकले संघिय प्राधिकरणमार्फत ६ सय ५० दिराम ति’र्नुपर्ने छ।

२०७८ कार्तिक २४, बुधबार २२:०६ गते 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।