२०७९ आश्विन १२ बुधबार

मात्रै ११ हजार जनसंख्या भएको देशका विदेशमन्त्रीले समुद्रमा भाषण गर्दै दिए विश्वलाई चेता-वनी !

काठमाडौं : सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भा’षण गरिरहेका छन् । यो फोटो सानो देश तुवालुका विदेश मन्त्री सा’इमन कोफेको हो ।

तुवालु दक्षिणी प्रशान्त महासागरमा रहेको निकै सानो टापु देश हो जसको जनसंख्या मात्रै ११ हजार छ ।खासमा कोफेले यस्तो तरिका अपनाएर विश्व र संयुक्त राष्ट्रसंघलाई चेता’वनी दिन चाहन्थे । उनले यस्तो गरेर जलवायु परिवर्तन र यसले ल्याउन

सक्ने असरहरुलाई बेवास्ता गर्दा यसको परिणाम ग’म्भीर हुने चेतावनी दिन चाहेका थिए । समाचार एजेन्सी रोय’टर्सका अनुसार संयुक्त राष्ट्रसंघले ज’लवायु परिवर्तनका विषयमा स्कटल्या’ण्डको ग्ला’सगोमा आयोजना गरेको कोप २६ सम्मेलनमा उनले यसरी सम्बोधन गरेका थिए ।

कोफेले यो सम्मेलनमा संयुक्त राष्ट्रसंघलाई रे’कर्डेड सन्देश पठाएका थिए जसमा उनले समुद्रमा उभिएर सम्बोधन गरेका छन् । कोफे आफ्ना स्टाफको साथमा समुद्र किनार पुगे । पृष्ठभूमिको लागि पर्दा लगाए, अगाडि पो’डियम राखे ।

ट्राउजर घुँडा’सम्म सारे र पानीमा उभिएर सन्देश रेकर्ड गराए । केही समयमै उनको भिडियो भाइरल भयो ।यो भिडियोको माध्यमबाट उनी विश्वलाई जलवायु परिवर्तनका कारण समुद्रको ज’लस्तर ती’ब्र रुपमा बढिरहेको र यसबाट तुवालुजस्ता

साना टापु देश पूरै समुल्रमा विलिन हुने खतरा रहेको बताउन चाहेका थिए । उनले विश्वका अन्य देशहरुलाई जल’वायु परिवर्तनलाई रोक्न गम्भीर कदम चाल्न सांकेतिक आगह गरेका थिए ।

यो भिडियोलाई तु’वालुको सरकारी टेलिभिजन टिभीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो । तुवालुको राजधानी फनाफुटीको समुद्र किनारमा यो भिडियो रेकर्ड गरिएको थियो । तु’वालुको षेत्रफल मात्रै २५.९ वर्ग किलो’मिटर छ र यहाँको जनसंख्या ११ हजार ७९२ छ । यो देशमा कूल ९ वटा टापु छन् ।-डिसीनेपाल

२०७८ कार्तिक २५, बिहीबार २२:०६ गते 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।