२०७९ आश्विन १५ शनिबार

साउदी प्रहरीको विशेष अप’रेसन – एक हप्तामा १५ हजारबढी विदेशी कामदार पक्रा’उ !

दोहा : नेपाली कामदारको श्रम गन्तब्य साउदी अरबले एक हप्तामा १५ हजार ३ सय ९९ जना अबैध आप्रबासी कामदारहरूलाई प्र’काउ गरेको छ ।

त्यहाँको गृह मन्त्रालयका अनुसार एक हप्ताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडे’न्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उ’ल्लंघन गर्ने १५ हजार ३ सय ९९ जनालाई पक्राउ गरेको जनाएको छ ।

अक्टोबर २८ देखि नोभेम्बर ३ गतेसम्म राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फि’ल्ड अभियानका क्रममा उनीहरूलाई प’क्राउ गरिएको मन्त्रालयले जनाएको छ ।
प’क्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ७ हजार

२ सय ९२, सीमा सुरक्षा नियम उ’ल्लंघन गर्ने ६ हजार ३ सय ७३ र श्रम कानून उ’ल्लंघन गर्ने १ हजार ७ सय ३४ रहेका छन् । यी मध्ये १७ जना अबैध आप्रबासी कामदारलाई

सहयोग र संरक्षण गर्नेहरू पनि रहेको मन्त्रालयलाई उद्रित गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्याएर देश निकाला गरिने जनाएको छ ।.कुल ८८ हजार २९ उ’ल्लङ्घनकर्ताहरू अहिले नियम उ’ल्लङ्घन गर्ने प्रक्रियाको अधिनमा छन्,

जसमध्ये ७८ हजार ६८७ पुरुष र ९ हजार ३४२ महिला रहेको जनाएको छ । तीमध्ये ७२ हजार ७८८ उल्ल’ङ्घनकारीहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूट’नीतिक नियोगहरूमा पठाइएको थियो । ३ हजार ७४६ उ’ल्लङ्घन’कारीहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा

गरी स्वदेश पठाईसकेको छ भने १० हजार १७ जनालाई पुन: साउदी प्रवेश गर्न नसक्ने गरि देश निकाला गरिएको जनाएको छ । घु’सपै’ठ गर्ने, राज्य प्रवेशमा सह’जीकरण गर्ने, ढुवानी, आश्रय दिने,कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म

कैद र अधिकतम १० लाख साउदी रियाल ज’रिवानाको सजाय हुने मन्त्रालयले जनाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लु’किछिपी बस्ने आप्रबासीलाई लक्षित गरी धड्प’कड अभियान तीब्र पारेसँगै सयौ नेपालीहरू पनि प’क्राउ परेको बुझिएको छ । -खबरहब डटकम बाट

२०७८ कार्तिक २५, बिहीबार २२:१४ गते 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।